अक्षय र सोनाक्षीको फिल्म ‘होलिडे’ले रेकर्ड बनायो
काठमाण्डौ, १ असार । बलिउडमा अहिले फिल्म ‘होलीडे’ नै ठुलै चर्चा पाएको छ । तामिल फिल्म ‘थुप्पाकि’ को रिमेक बनाइएको यस फिल्मले बलिउड बक्स अफिसमा रेकर्ड बनाएको छ ।
यसअघि आएको आलिया भाट र अर्जुन कपुरको फिल्म ‘टु स्टेट’ले बनाएको बक्स अफिस रेकर्डलाई पनि तोडेको छ । अक्षय कुमार र सोनाक्षी सिंहा अभिनित रहेको फिल्मले हालसम्म ८५ करोड कमाएको छ ।
भारतमामात्र होलिडेले ७५ करोड कमाएको छ । फिल्म अझै पनि हाउसफुलमा साथ हलमा चलिरहेको छ । यस अघि सलमान खानको फिल्म ‘ जय हो’ को रेकर्ड टु स्टेटले तोडेको थियो भने यसको रेकर्ड होलीडेले तोडेको छ ।
यो साल चारवटा फिल्मले राम्रो व्यापार गरेका छन् । जय हो, टु स्टेट, गुण्डे र होलीडे भएका छन् । होलीडेले पनि १०० करोडको कमाइ गर्नेमा फिल्म समिकक्षकहरुले बताएका छन् ।

