स्पेनमाथि नेदरल्यान्ड्सको रवाफमा को दोषी ?
साल्भाडोर, असार १ - बेन्चमा बसेर इतिहास फेरि दोहोरिन सक्ला भन्ने चिन्तामा थिए, नेदरल्यान्ड्सका स्ट्राइकर डिर्क क्युट । तर सब्सिच्युटमा बसेका उनले दमदारपूर्ण गोल देखे, जसले देशको इज्जत त बढायो नै साथमा प्रतियोगितामा उत्कृष्ट सुरुआत पनि मिल्यो ।
नेदरल्यान्ड्स एक समय १-० ले पछि थियो । यो त्यही स्कोर थियो, जसले सन् २०१० को विश्वकप फाइनलमा स्पेनले उसलाई जोहानेसबर्गमा हराउँदै उपाधि नै उचालेको थियो । तर ४ वर्ष र ४४ मिनेटपछि नेदरल्यान्ड्सका कप्तान रोबिन भान पर्सीले १८ यार्डबाट एरिना फान्टे नोभामा हेर्डमार्फत दर्शनीय गोल गरे । हावामा उड्दै भान पर्सीले ४० यार्ड टाढाबाट डली ब्लाइन्डले दिएको पासलाई सदुपयोग गरे ।
नेदरल्यान्ड्स एक समय १-० ले पछि थियो । यो त्यही स्कोर थियो, जसले सन् २०१० को विश्वकप फाइनलमा स्पेनले उसलाई जोहानेसबर्गमा हराउँदै उपाधि नै उचालेको थियो । तर ४ वर्ष र ४४ मिनेटपछि नेदरल्यान्ड्सका कप्तान रोबिन भान पर्सीले १८ यार्डबाट एरिना फान्टे नोभामा हेर्डमार्फत दर्शनीय गोल गरे । हावामा उड्दै भान पर्सीले ४० यार्ड टाढाबाट डली ब्लाइन्डले दिएको पासलाई सदुपयोग गरे ।
चार वर्षअघि स्पेनी गोलकिपर इकर कासियासले डच टिमलाई एक सय २० मिनेट गोल गर्नबाट रोकेका थिए । उनीविरुद्ध गोल गर्न आएका भान पर्सीलाई थाहा थियो, बललाई तलको दिशा दिन चाहेनन्, उनले कासियास उभिएको आंकलन गरे र बललाई हावामै उडाउँदै पोस्टको दिशा दिए । केही समयअघि स्पेनले खेलमा दुई गोलको अग्रता लिने मौका गुमाएको थियो । पहिलो हाफ सकिन लागेको थियो । पहिलो गोल गरेका भान पर्सीले अर्को गोल पनि थपेपछि नेदरल्यान्ड्सले डिफेन्डिङ च्याम्पियन स्पेनलाई ५-१ ले अविश्वसनीय रूपमा हरायो ।
'जिन्दगीमा उनले (भान पर्सी) ले धेरै राम्रा काम गरेका छन्,'क्युटले भने,'तर देशका लागि यो गोल गर्नु विशेष हो । म त्यो पासलाई सोच्दै छु र त्यो भन्दा पनि राम्रो फिनिसलाई ।' भान पर्सीका लागि डिफेन्डिङ च्याम्पियनविरुद्ध २ गोल प्रहार गर्दै प्रतियोगिताको सुरुआत गर्नु राम्रो रहेको क्युटले बताए । उनले भने,'यो उनी र टिम दुवैका लागि राम्रो हो । यति ठूलो प्रतियोगिताको सुरुआत राम्रो हुनु साँच्चिकै उपलब्धि हो ।' यो खेलको नतिजाले आश्चर्यचकित र दुखित पनि तुल्यायो । केहीले नेदरल्यान्ड्सले सानो अन्तरमा जित्ने सोचेका थिए । तर रंगशालामा उपस्थित सुन्तला कलरको जर्सी लगाएका फ्यानहरूले हरेक गोलको मजा लिए ।
डच टिमले चार वर्षअघि यस्तै नतिजाको आशा गरेको थियो । तर त्यो भएन, उपाधि चुम्ने अवसर गुमायो । अहिलेका लागि भने समूह 'बी' मा रहेको डच टिमलाई खुसी हुने माध्यममात्र बन्यो । उसले समूहको विजेता हुने मौकालाई अघि बढायो । त्यो भए उसले अन्तिम १६ मा ब्राजिलसँग खेल्नुपर्ने छैन ।
स्पेनको टिम दुविधामा देखियो, खासगरी डिफेन्समा । दुई पटक युरोपियन च्याम्पियनसिप जितेको डिफेन्डिङ च्याम्पियन स्पेनको प्रभुत्वलाई नेदरल्यान्ड्सले तहसनहस पारिदियो । तर शुक्रबार स्पेनका खेलाडीले तेस्रो डिभिजनमा खेल्ने फुटबल पस्के । डिफेन्स लाइनमा गल्ती गरिरहे । भान पर्सीको दुई गोलका साथै आर्जेन रोबिनले दुई गोल गरे । साथमा अर्को गोल स्टेफान डे भि्रजले गरे ।
'मसँग व्याख्या गर्नका लागि शब्द छैनन्,' स्पेनका प्रशिक्ष्ाक भिन्सेन्ट डेल बस्कले भने,'हामी कहिले पनि पूर्णरूपमा डिफेन्सिफ भएनौं । तर हामी कमजोर थियौं । हामीले भान पर्सी र रोबिनको क्षमतालाई बुझ्न सकेनौं । उनीहरूले सानदार प्रदर्शन गरे र हामीलाई हराए ।' चार गोलको अन्तर भनेको विश्वकप इतिहासमा डिफेन्डिङ च्याम्पियन टिमको सबैभन्दा ठूलो हार हो । स्पेनले सन् १९६३ यता एकै खेलमा ५ गोल खाएको थिएन । त्यसबेला उसलाई स्कटल्यान्डले ६-२ ले हराएको थियो । स्पेनले त्यसबाहेक एकै खेलमा ५ गोलभन्दा बढी खाएको भनेको ब्राजिलमै सन् १९५० मा भएको विश्वकपमा ६-१ को हार बेहोरेको थियो, घरेलु टिमसँगै ।
ब्राजिलमा जन्मेका स्पेनका सेन्ट्रल स्ट्राइकर डिएगो कोस्टाले दर्शकबाट अवहेलना बेहोर्नु पर्यो । त्यसको कारण थियो, जन्मेको देश छाडेर अर्को देशबाट खेल्नु । कोस्टालाई २७ औं मिनेटमा डिबक्समा फल गरेपछि स्पेनले पेनाल्टी पायो । जाबी अलोन्सोले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर ब्लाइन्ड र भान पर्सीले प्रतियोगिताकै उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई खेलमा फर्काए । ब्लाइन्डकै उत्कृष्ट पासमा रोबिनले ५३ औं मिनेटमा नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । ब्लाइन्डले लामो पासलाई रोबिनले उत्कृष्ट रूपमा नियन्त्रणमा लिए, दुई स्पेनी डिफेन्डर र गोलकिपर कासियासलाई छक्याउँदै देव्रे खुट्टाले लोभलाग्दो गोल गरे । डच फ्यानका लागि रोबिनको गोल सन् १९९८ को विश्वकपमा डेनिस बर्गक्यापले गरेको सानदार गोलको झल्को दिन्थ्यो ।
'यो निकै दुःखदायी कुरा हो,' स्पेनी डिफेन्डर जेरार्ड पिकेले भने,'तर हामी फेरि जुट्नुपर्छ र अर्को खेलका लागि तयार हुनु आवश्यक छ ।' ६५ औं मिनेटमा डे भि्रजले बेस्नी स्नाइडरले प्रहार गरेको फ्रिकिकलाई पोस्टको दिशा दिंदै नेदरल्यान्ड्सलाई ३-१ को अग्रता दिलाए । त्यसको सात मिनेटपछि गोलकिपर कासियासले ब्याकपासमा गल्ती गरेपछि भान पर्सीले नेदरल्यान्ड्सका लागि पछिल्ला ९ देशमा १० गोल गर्ने मौका पाए । रोबिनले ८० औं मिनेटमा फेरि गोल गरे । त्यसलगत्तै बेन्चमा बसेका क्युट पानीको बोलत फ्याल्दै दौडेर रोबिनसँग खुसी साट्न पुगेका थिए । 'यो रोमाञ्चक पहिलो खेल रह्यो,' क्युटले भने,'अहिलेसम्म त्यस्तो खेल थिएन, जहाँ डिफेन्डिङ च्याम्पियनले ५-१ ले हारेको थियो । यो उत्कृष्ट प्रदर्शन हो, तर यो पहिलो खेल हो ।' -न्युयोर्क टाइम्स
एकै हारले स्पेन संकटमा
साल्भाडोर (एपी)
एकै हारले स्पेनको विश्वकप अभियान र समग्र फुटबल परिचय एकाएक संकटमा परेको छ । समूह 'बी' को पहिलो खेलमा नेदरल्यान्ड्सको हातबाट ५-१ ले पराजित भएपछि प्रश्न उठन सुरु भएको छ, सन् २००८ यता अन्तर्राष्ट्रिय फुटबलमा एकछत्र छाएको स्पेनी प्रभुत्व के अब समाप्त भएको हो ? के स्पेनले आफ्नो फुटबल दर्शनलाई यथावत् राख्नेछ ?
स्पेनले सन् २०१० को विश्वकपको पहिलो खेल पनि गुमाएको थियो र त्यसयता प्रभावशाली प्रदर्शन गर्दै उपाधि नै जित्न सफल रह्यो । तर यसपल्टको हार स्पेनी फुटबलका लागि मानसिक दबाबका रूपमा तेर्सिएको छ र प्रशिक्षक भिन्सेन्ट डेल बस्कले यो समस्यालाई पाँच दिनभित्र सुल्झाउनुपर्नेछ, जतिबेला आफ्नो दोस्रो खेलमा उसले चिलीको सामना गर्नेछ ।
डेल बस्कसामु अरू धेरै प्रश्न अगाडि आएका छन् । जस्तो, पछिल्लो छ वर्षमा हात पारेको सफलतामा निर्णायक भूमिका खेलेका तिनै खास-खास खेलाडीमा भर पर्ने हो कि होइन ? स्पेनको आफ्नै खोज 'टिकी टाका' मा फेरबदल गरेर खेल्ने हो ? शुक्रबार एरिना फोन्ट नोभामा आन्द्रेस इनिस्टा, ज्याभी हर्नान्डेज र डेविड सिल्भा फिक्का देखिएका थिए ।
यस्तै गोलरक्षक इकेर कासियासकै भूलका कारण स्पेनले दुई गोल खाएको थियो । यस्तै दुई प्रमुख डिफेन्डर जेरार्ड पिके र सर्जियो रामोसले पनि एकपछि अर्को भूल गरेका थिए ।
यस्तोमा प्रशिक्षक डेल बस्कसामु गोलपोस्टको जिम्मा पेप रेना अथवा डेविड डे गोएलाई दिनुपर्ने अवस्था हुन सक्छ । रियल म्याडि्रडमै कासियास दुई वर्षयता दोस्रो रोजाइका गोलरक्षक छन् ।
सेन्टर ब्याकमा ज्याभी मार्टिनेज रोजाइमा पर्न सक्छन् भने मिडफिल्डमा सेस फाबे्रगास, कोके, सान्टी काजारोला अथवा जुवान माटाले पनि अवसर पाउन सक्नेछन् । दक्षिण अफ्रिकामा पहिलो हारपछि सम्हालिएको स्पेनलाई यसपल्ट त्यस्तै स्थितिका लागि ब्राजिलमा गाह्रो हुने अनुमान छ, किनभने समूह 'बी' आफैमा कठिन छ, जहाँ चिलीको पनि बलियो उपस्थिति छ ।
- See more at: http://www.ekantipur.com/np/2071/3/1/full-story/390849.html#sthash.vqSVfVfz.rdzJXoUr.dpuf
