पार्टी अधिवेशनको काममा म र अरु एमाले मन्त्री सरकारी मोटरै प्रयोग गर्छौः गौतम
कार्यवहाक प्रधानमन्त्री वामदेव गौतमले पार्टी अधिवेशनका क्रममा पनि आफू र अरु एमाले मन्त्रीहरुले सरकारी मोटर लगायतका सुविधा प्रयोग गर्ने बताएका छन्।
कार्यबहाक प्रधानमन्त्री, उपप्रधानमन्त्री, वा अरु कुनै मन्त्रीको हैसियत कुनै व्यक्तिले चटक्कै मन्त्रालयको सिटमा छाड्न नसकिने तर्क गर्दै उनले भने, ' महाधिवेशनमा पनि सरकारी गाडीको प्रयोग गरिन्छ।'
अध्यक्षका प्रत्यासी केपी ओलीको पत्रकार सम्मेलनमा बोल्दै गौतमले भने,' राज्यको अरु स्रोतको भने सदुपयोग वा दुरुपयोग गरिँदैन। एमालेका १० मन्त्रीमध्ये धेरै जना ओली पक्षमा छन्।
बानेश्वरको अल्फाबिटामा आयोजित पत्रकार सम्मेलनमा पनि झन्डा फरफहराएको मोटरसहित आइपुगेका थिए। अध्यक्षका अर्का प्रत्यासी माधव नेपाल पक्षका नेताहरुले भने पार्टी अधिवेशनमा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने तर्क गर्दै आइरहेका छन्।
उहीहरुमध्ये केहीले यसबारे प्रधानमन्त्री शुसील कोइरालाको ध्यानाकर्षण समेत गराएका थिए।
