यी पप स्टारले गोलकिपरलाइ बिबाहको प्रस्ताब राखेर बिस्वोकपमा तहल्का पिटिन

मेक्सिको सिटी, (एजेन्सी) ।Thaliya नेयमारसहित ब्राजिलियन खेलाडीहरुको एक पछि अर्काे प्रहार रोक्दै टिमलाई प्रिक्वार्टरफाइनल नजिक पुर्‍याएका मेक्सिकन गोलकिपर गुईलेर्माे ओचोआ एका–एक सेलिब्रेटी बनेका छन् । ब्राजिलसँगको खेलमा गरेको प्रदर्शनका कारण विश्वभर चर्चामा रहेका ओचोआलाई एक चर्चित पप स्टारले विवाहको प्रस्ताव राखेकी छिन् । पप स्टार थालियाले ट्विटरमार्फत मेक्सिकन किपरलाई विवाहको प्रस्ताव राखेकी हुन् । Thaliya1थालियाले आफ्नो ट्विटरमा लेखेकी छिन्, ‘ओचोआ, म्यारी मि !’ ट्विटका अलावा उनले मेक्सिकन किपरको एउटा तस्विर पनि पोस्ट गरेकी छिन् । ब्राजिलका हरेक प्रयासलाई विफल पार्दै खेल गोलरहित बराबरीमा टुंग्याउन महत्वपूर्ण भूमिका निभाएका उनी सो खेलमा म्यान अफ दि म्याच चुनिएका थिए । Brazil-vs-Mexico-1उनको सोही प्रदर्शनको बलमा मेक्सिको ग्रुप ‘ए’ बाट दुई खेलमा ४ अंक जोड्दै प्रिक्वार्टरफाईनल नजिक छ ।

, , ,

news and entertainment