प्रधानमन्त्रीको रोग के? के हुदै छ उनको रोग ? के नेपालमा एसको उपचार हुन सक्दैन ?
प्रधानमन्त्री सुशील कोइराला फोक्सोमा सेतो दाग देखिएपछि चिकित्सकहरुको आशंका निवारण गर्न सोमबार अमेरिका जाँदैछन्।
'कोइरालाको छातीमा देखिएको सेतो दाग क्षयरोग नहुन पनि सक्ने रेडियोलोजिस्टहरुको विचार आएपछि थप निदान र उपचारका लागि उहाँलाई अमेरिका जान सिफारिस गरेका छौं,' त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाति रोग विशेषज्ञ डा. कविरनाथ योगीले भने। आजको कान्तिपुरमा खबर छ।
योगीले प्रधानमन्त्रीमाथि गरिएका केही परीक्षण प्रतिवेदनबाट क्षयरोगको आशंका गरिएको भएपनि त्यसकै भरमा औषधि सुरु गर्न नसकेको बताए। उनी पनि प्रधानमन्त्रीसँग अमेरिका जाँदैछन्।
स्रोतका अनुसार कोइरलाको छातिमा देखिएको सेतो दाग फोक्सोको क्यान्सरसमेत हुन सक्ने चिकित्सकको आशंका छ।' उहाँलाई दुई महिना क्षयरोगको औषधि खुवाएर प्रतिक्रिया हेर्न थाल्दा अन्य केही रोग भए उपचार प्रक्रिया निकै जटिल बन्न सक्छ,' स्रोतले भन्यो, 'क्षयरोग मात्र हो भनेचाहिँ स्वास्थ्यका हिसाबले खासै समस्या हुँदैन।
कोइरालाको फोक्सोमा देखिएको सानो गाँठो के हो किटानी गर्न पूर्ण अनुसन्धान आवश्यक रहेको जनाउँदै चिकित्सकले भने, ' यहाँ उहाँको सामान्य सिटि स्क्यान भयो। त्यो परीक्षण प्रतिवेदनले कोइरालालाई यो रोग नै लागेको भनेर किटान गर्न सकिने स्थिति छैन।'