रोनाल्डोले मुखै खोलेर जर्मनीलाई येसो भने !!!

२०७१ असार २ गते
पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ब्राजिल विश्वकपमा जर्मनीविरुद्धको खेलका लागि आफू फिट भएको बताएका छन् । रोनाल्डो तिघ्रा र घुँडाको चोटबाट मुक्त हुन संघर्षरत छ । घुँडामा आइस प्याक राखेर अभ्यास मैदानबाट बाहिरिएको देखेपछि जर्मनीविरुद्ध रोनाल्डोको खेल हेर्न पाइन्छ कि पाइँदैन भन्ने धेरैको चासो थियो ।
तर, २९ वर्षीय स्ट्राइकर रोनाल्डोले भनेका छन्–‘म १ सय प्रतिशत तयार छु । १ सय १० प्रतिशत तयार छु र यो राष्ट्रिय टोलीलाई सहयोग गर्न पर्याप्त छ ।’ आफूले केहीदिनदेखि निरन्तर अभ्यास गरेको भन्दै उनले राम्रो महसुस गरिरहेको बताए । उनले भने–‘मेरो करियरमा मैले दुखाइ विना खेलेको एउटा क्षण पनि छैन ।’
रोनाल्डोले आफू उत्कृष्ट खेलाडी भनेर प्रमाणित गर्न बाँकी नरहेको समेत बताए । विश्वकपमा गोल गर्न नसकेको भनेर हुने आलोचनाबारे उनले भनेका छन्–‘मलाई लाग्दैन मैले केही देखाउन बाँकी छ । मेरो तथ्यांक र सीभी हेरेहुन्छ । मैले अब केही प्रमाणित गर्न बाँकी छैन ।’
उनले अघि भनेका छन्–‘मलाई लाग्छ एक खेलाडी टिम होइन । म यहाँ टिमलाई सहयोग आएको हुँ । म एक अतिरिक्त खेलाडी हुँ र म केही फरक गर्छु । तर, म आफ्नो टिमलाई पछाडि बोकेर हिड्न सक्दिन ।’
च्याम्पियन बन्ने सपना रहेको भन्दै उनले त्यसका लागि समय लाग्ने बताए । समूह जीमा पोर्चुगल प्रमुख दावेदार नभएको तर, राम्रो टिम मध्येको एक भएको भन्दै उनले भनेका छन्–‘हामी राम्रो फुटबल खेल्छौं । हाम्रो आफ्नै हतियार छ ।’ जर्मनी धेरै राम्रो टिम भएको तर, आफूहरु नडराएको उनले बताए ।
आफूले सँधै चुनौतीको सामना गर्न चाहने भन्दै पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोले विश्वकप नयाँ चुनौती भएको बताए । उनले भने–‘म मेरो फुटबल देखाउन चाहन्छु र यो मेरो जीवन हो ।’

,

news and entertainment