बालक सग हात मिलाउन बिर्सदा मेसीले माफी मागे
एजेन्सी । बालकको अपहेलना गरेको समाचार र फोटो हेरेपछि अर्जेन्टिनी स्टार लियोनेल मेसीले त्यसको खण्डन गरेका छन् ।
बोस्निया हर्जभोभिनाविरुद्धको खेलअगाडी लाइनमा बसेको बालकलाई हात नमिलाई मेसीको सीधै म्याच अफिसियलसँग हात मिलाइएको समाचार प्रकाशित भएको थियो । सो समाचारमा बालकको वास्ता नगरेको र अपमान गरेको जनाइएको थियो । मेसीले खेलपछि बालकलाई आफूले जानजान बेवास्ता नगरेको बताएको छन् ।
'त्यो समयमा म कुनै सोचमा थिएँ थाहा नै भएन ।' बालकले हात मिलाउन आएको समेत मेसो नपाएको उनको भनाइ छ । मेसी भन्छन् 'म सीधै अफिसियलतर्फ लागेँ, मैले जानाजान बालकसँग हात मिलाउन नचाहेको पनि होइन, त्यसबेलामा म अर्कै सुरमा थिएँ, यो घटनापछि म आफै दुःखी बनेको छु, मैले ती बालकको मन दुखाउन पुगेको यस घटनाप्रति म माफी माग्न चाहान्छु ।
