सबैभन्दा सेक्सीको उपाधि पाएपछि रेचेलले खिचाइन् नाङ्गो फोटो
पुरुषहरुको लाइफस्टाइल म्यागेजिन ‘फर हिक म्यागेजिन’ले गायिका रेचेल स्टीवेन्सलाई अहिलेसम्मकै ‘सेक्सी’ महिलाको उपाधि दिएको छ ।
रमाइलो कुरा के छ भने, सो म्यागेजिनले निकालेको शीर्ष एक सय सेक्सी हस्तीहरुको सूचीमा भने रेचेलको नाम किहल्यै पनि आएको थिएन । तर अहिले आएर रेचेललाई सबैभन्दा सेक्सीको उपाधि दिइएको छ ।
तर सोही म्यागेजिनले पहिले मार्लिन मुनरो, क्लीयोपेट्रा र केली ब्रुकलाई सेस्सी हस्तीहरुको रुपमा चर्चामा ल्याएको थियो ।
रेचेलले आफुलाई सबैभन्दा बढी सेस्सीको उपाधि दिएकोमा खुशी हुँदै अर्को एक नांगो फोटो खिचाएकी छिन् । उनले टपलेस फोट सुट गराएर सो उपाधिको सम्मान गरेकी बताएकी छिन् ।
दुई बच्चाकी आमा रेचेलको यस म्यागेजिनसँग १४ वर्ष पुरानो सम्बन्ध छ । उनी २२ वर्षकी हुँदा सोही म्यागेजिनका लागि उनले पहिलो फोटो सुट गराएकी थिइन् ।
