नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर प्रेममा
जेठ ३०काठमाडौं । केही समयदेखि क्रिकेटर शरद भेषवाकर र नायिका निशा अधिकारीको चर्चा एकाएक चुलिएको छ, त्यो पनि प्रेम सम्बन्धको विषयलाई लिएर ।
नेपाललाई विश्वकप क्रिकेटमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका भेषवाकर र अधिकारीबीचको सम्बन्धको बारेमा विगतदेखि नै गाइगुँई चलेपनि केही समयदेखि उनीहरु संगै देखिनुले त्यसलाई थप पुष्टि गरेको छ
त्यसमाथि बिहीबार साँझ कुमारी हलमा आयोजित ‘मुखौटा’ फिल्मको प्रिमियरमा निशा र शरदसंगै देखिए ।
निशाले शरदलाई फेसबुकमार्फत बधाई र शुभकामना दिनुका साथै यस्ता सार्वजनिक कार्यक्रममा हात समातेर हिडेपछि चर्चा पाउनु स्वभाविक हो । बिहीबार पनि निशाले शरदलाई हातै समातेर हलमा लिएर पुगेपछि उनीहरुबीच पछिल्लो समय झाँगिदै गएको प्रेम सम्बन्ध उजागर भएको हो ।

