दुई अर्बले हेरे गंगनम स्टाइल

gangnam-style-featureकोरियन गायक पीएसवाईले गाएको चर्चित गीत ‘गांगनम स्टाइल’ युटुबमा दुई अर्ब दर्शकले हेरेका छन् ।
उक्त गीतले युट्युबमा शनिबार राति दुई अर्बको आँकडा पार गरेको हो । गंगनम स्टाइल सवैभन्दा बढि हेरिने किर्तीमानी भिडियो बनेको छ ।
गायक पीएसवाईले कीर्तिमान बनाउन सहयोग गर्ने सवै दर्शकलाई ट्वीटरमार्फत आभार ब्यक्त गरेका छन् ।
‘दुई अर्ब अवलोकन…यो एकदम सम्मानजनक र थाम्नै नसकिने संख्या हो’, पीएसवाईले ट्वीट गरेका छन्, ‘आभार जनाउँदै र अझ आनन्ददायक प्रस्तुति लिएर आउनेछु ।’
सन् २०१२ जुलाईमा रिलिज हुनासाथ यो गीत हिट भएको थियो । ६ महिनाको अबधिमै युट्युवमा एक अर्ब दर्शक पुगेका थिए ।
गायक पीएसवाईलाई यो गीतले निकै मालामाल बनायो । उनले ६ महिनाको अबधिमै यसमा अंश प्रयोग भएका बिज्ञापनमार्फत् ८० लाख अमेरिकी डलर कमाएका थिए ।
गंगनमको लोकप्रियताबाट संसारभर चिनिएका पीएसवाईले २०१३ मा रिलिज गरेको ‘जेन्टलम्यान’ ले भने गंगनम स्टाइलजस्तो लोकप्रियता पाउन सकेन् । युट्युवमा यसका करिव ७० करोड दर्शकले हेरेका छन् 
भिडियो हेर्न तलको थिच्नुहोस

,

news and entertainment