अख्तियारले भ्रष्टाचार आरोप लगाएपछि सात तला माथिबाट हामफालेर आत्महत्या

असार-२, काठमाडौं । भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि मालपोत कार्यालयका एक कर्मचारीले सात तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् । मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत नायवसुव्वा शिवप्रसाद पोखरेलले आइतबार बिहान हामफालेर आत्महत्या गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय धनकुटाले जग्गाको हिनामिनासम्बन्धी अनुसन्धानका लागि पोखरेललाई शुक्रबार मात्र पत्र काटेको थियो । त्यही विषयलाई लिएर उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मध्यपुर ठिमी नगरपालिका १५ मा डेरा गरी बस्ने पोखरेलले सोही घरको छतबाट हामफालेर आत्महत्या गरेका हुन् । घटनास्थलबाट सुसाइड नोट र अख्तियारले काटेको पत्रसमेत फेला परेको महानगरिय प्रहरी बृत ठिमीका प्रमुख डिएसपी भीमकिरण बोगटीले बताए । सुसाइड नोटमा उनले आफु फसेको कुरा उल्लेख गरेका छन् ।

सुसाइड नोटबारे परिक्षण हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मालपोतको अनुसन्धानमा आफु फस्ने भएपछि उनले आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख छ । झापा घर भइ ठिमिमा डेरा गरी बस्ने ५४ वर्षिय पोखरेल पहिला पुर्वाञ्चल क्षेत्रको नापी कार्यालयमा कार्यरत थिए । - नयाँ पत्रिकाबाट


Read more: http://sajhasabal.com

, ,

news and entertainment