११३ वर्षकी बेहुलीको ७० वर्षे बेहुला

(एजेन्सी)–भनिन्छ, मायाले धर्म, जात, धनी–गरिब, सानो–ठूलो केहि पनि हेर्दैन । मायामा मानिसहरुले धेरैथरि गरेको हामी सबैले देखेका र सुनेका छौँ । तर हामीले जे जति कुराहरु सुनेका छौँ, त्योभन्दा यो घटना निकै फरक र अचम्म लाग्दो हुनसक्छ ।
चीनमा बस्ने एक ७० वर्षका वृद्ध ११३ वर्षकी वृद्धाको मायामा परे । मायामा मात्र परेनन् विवाहसमेत गरेका छन् ।


एक्लो जीवन बिताउन बाध्य भएका यी वृद्ध–वृद्धाले आफ्नो एक्लोपन मेटाउनका लागि एउटा छुट्टै संसार बनाउने निर्णय गरे ।
चीनका ७० वर्षीय एमती एहमतीले ११३ वर्षकी अजाटिहनलाई एकै नजरमा मन पराएको बताइन्छ । पछिल्लो वर्ष एक वृद्धाश्रममा उनीहरुको भेट भएको थियो र दुबैमा ४३ वर्षको अन्तर भएपनि एक–अर्काको भावनालाई बुझे ।
११३ वर्षकी अजाटिहन भन्छिन्, ‘सम्बन्ध भावनाहरुबाट बन्ने गर्दछ । यदि कसैको हात समाएर उसको सम्बन्धलाई महसुस गर्न सकिन्छ र उनको भावनामा बाँच्न सकिन्छ भने तपाईंको अगाडि समय र उमेरले केहि पनि फरक पार्दैन । म आफ्नो श्रीमानसँग निकै खुसी छु ।’
७० वर्षका श्रीमान पनि भन्छन् कि जिन्दगी उनीहरुले आफ्नै तरिकाले बाँचे । उनी भन्छन्, ‘हामी एक्लो थियौँ । यो एक्लोपना कसले बुझ्न सक्थ्यो र ? हामी एक अर्कालाई राम्रोसँग बुझ्न सक्छौँ भन्ने लाग्यो । मेरी श्रीमती यो उमेरमा पनि मेरो खानपीनको हेरबिचार गर्छिन्, मेरो आवश्यकताहरुलाई बुझ्छिन् । मलाई अरु केहि पनि चाँहिदैन । ’

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

news and entertainment