संविधानसभा भवन नजिकै एका एक वम भेटियो, पोर्चा सहित माग !!
काठमाडौं । संविधानसभा भवन वानेश्वरको ३ नम्वर गेट नजिकै कुकर बम भेटीएको छ। वानेस्वरमा अहिले नेपाली सेनाको बम डिस्पोजल टोली आइपुगेको छ। बम भनिएको वस्तुलाई पलास्टिकले वेरेर राखिएको छ।
जसमा एकतिर प्रेसर कुकरको विड देखिएको छ। बम राखिएको क्षेत्रमा दलित मुक्ति फोर्सको पर्चा भेटिएको छ। पर्चामा केहि माग राखिएको प्रहरीले जनाएको छ।
उक्त क्षेत्रमा संकास्पदवस्तु भेटिएपछि आवतजावतमा रोक लगाइएको छ । ट्राफिक प्रहरीका अनुसार नयाँबानेश्वरको पानीट्यांकीबाट मध्यबानेश्वरसम्मको सडकलाई डाइभर्सन गरिएको छ ।
