विष्णुमति लिंक रोडमा प्रहरी जवानको हत्या गरेको अवस्थामा शव फेला

विष्णुमति लिङ्क रोडको भ्याली कोल्ड स्टोर नजिकै खोलाको किनारमा एक जना प्रहरी जवानको शव हत्या गरेको अवस्थामा फेला परेको छ। मृतक  प्रहरी जवान हनुमानढाेकामा कार्यरत अनिल तिवारी रहेको प्रहरीले जनाएको छ। उनकाे कन्चटमा कटुवा पेस्ताेलबाट गाेली हानीएको छ । हनुमानढाेकामा उनी घुमुवा प्रहरीको काम गर्दथे ।
सोह्रखुट्टे प्रहरी प्रभागको डिएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार उनको कन्चटमा गोली हानिएको  छ। उसको बारेमा अहिले नै केही भन्न मिल्दैन, हामी अनुसन्धान गरिरहेका छौं, उनले भने। स्थानीयले पनि गोली हानी  उनको हत्या भएको आशंका गरेका छन् ।

,

news and entertainment