रातोपाटिले छापेको समाचार प्रति इजरायलका नेपाली कामदारले आक्रोस व्यक्त

काठमाडौं । रातोपाटि डट कमले आफ्नो अनलाइन मार्फत समाज स्तम्भमा मंगलबार “इजरायली आक्रमणको विरोधमा नेपालमा धर्ना” सिर्शकमा समाचार प्रकाशन गरे पछि एती बेला इजरायल स्थित कार्यरत नेपाली कामदारहरु सामाजिक संजालमा आक्रोस पोख्दै छन् । रातोपाटीमा प्रकाशित उक्त समाचारमा खण्डन गर्दै एक कामदार यसरि लेख्छन, “कुरै नबुझी पागल नेपालीहरू, धर्ना दिने? सोच्नुस यदि तपाइले इजरायलको विरोधगरेर प्यालेस्टाइनी विद्रोहीको सपोर्ट गर्नु भयो भने इजरायलमा काम गर्ने करीब ८००० नेपालीको ज्यान के होला? त्यहाँ काम गर्ने नेपालीको ज्यान जोखिममा नमोल्नुस विरोधी मित्रहरू, ” इजरायलले कुनै अमानवीय गरेको छैन । अमानवीय त ती हमास विद्रोहीहरूले मात्र गरेका छन, कुरै नबुझी विरोध गर्न लाज सरम लाग्दैन तपाइहरूलार्इ? हामी काम गरेको ८ बर्ष भयो । इजरायलीहरू मानवअधिकार को पालना गर्न १ नं.मा पर्छन, अहिले पनि गाजामा त्यही अस्थायी अस्पताल सेवा, घाइतेलाइ दि राखेको छ । खाना दाना पानी सबै दिएको छ सर्वसाधारणलार्इ, तपार्इहरूलार्इ लाज लाग्दैन, ख्याल राख्नुस इजरायलमा रहेका नेपालीको ज्यान जोखिममा नपार्नुस । अर्का एक कामदार लेख्छिन, “के इजरायेल चै संधै चुप लागेर रकेट थाप्दै बस्नु रे …आइ लाग्नेलाई जाइ जो पनि लाग्छ आफ्नो देश को सिमा दिन रात भारत ले मिच्दा चै मुख मा बुजो कोचेर बस्ने रे … हमास जस्तो खुंखार टेरोरिस्ट को पकछे लिएर बिरोध गर्ने रे यदी लड्ने हो भने आफ्नो देश र् जनता को सुरक्षा इजरायल ले जस्तै उनि हरु आफै ले गर्नु पर्छ इजरायेलले छानीछानी मारेको होर ? जनतालाई मानब ढाल बनाएर हमासहरुले नै चपेटामा पारेकाछन । कुरा बुझनु छैन खुब मानब अधिकारको कुरा गरेर धर्ना बस्ने रे तेही हमासको खुट्टा ढोगे भै हालेयोनी …आफ्नो देशमा कति मानब अधिकार हनन भएको छ खोजि गर्नु छैन कुरै नबुझी अर्काको पुछार समाउन जाने रे तेही हमासको जस्तो बुध्हि भएकाहरु हौ तिमीहरु >>>> ……..रातोपाटिमा प्रकाशन समाचार यस्तो थियो ….. इजरायले प्यालेस्टाइनीमाथि अमानविय ढंगले आक्रमण जारी राखेको भन्दै नेपालस्थित संयुक्त राट्रसंघको कार्यालयमा नेपालीहरुले धर्ना दिने भएका छन् । पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमा बिहिबार दिउँसो ३ बजेदेखि हुने धर्ना कार्यक्रममा स्वतस्फूर्त रुपमा लेखक, लेखक पत्रकार, अधिकारकर्मीलगायतको सहभागिता रहने भारतको नयाँदिल्लीबाट प्रकाशित हुने समकालिन पीइसरी दुनियाका नेपाल प्रतिनिधि नरेश ज्ञवालीले रातोपाटीलाई जानकारी दिए । उनले इजरायलले अमानविय ढंगले प्यालेस्टायनीमाथि आक्रमण गरिरहेको भन्दै प्यालेस्टाइनी जनताको मानवअधिकारको रक्षाको लागि दवाव दिने उद्देश्यले धर्ना कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । यो कार्यक्रमम पहिलो चरणको भएको र आक्रमण जारीरहे इजरायली दुतावासमा समेत धर्ना बस्ने तयारीमा आफूहरु रहेको उनले जानकारी दिए । केहि सातायता इजरायल–प्यालेस्टाइनबीच युद्ध चर्किदा हालसम्म चारसय भन्दाबढी प्यालेस्टायनी नागरिकको मृत्यु भइसकेको छ । मर्नेहरुमध्ये अधिकांश बालबालिका रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजरायलले हमासविरुद्धको कारबाही भन्दै प्यालेस्टाइनविरुद्ध हवाई आक्रमण गर्दै आएको छ। यस समाचारप्रति फेसबुकबाट जनाएका केहि प्रतिक्रियाहरु स्नाप ….

, ,

news and entertainment