इजरायल आउने अधिकांश उडान रद्द, रकेट विस्फोटनबाट एक भारतिय कामदार घाइते
एन आइ न्यूज इजरायल (अन्तराष्ट्रिय न्यूज एजेन्सीको सहयोगमा)
विभिन्न मुलुकहरुबाट इजरायल आउने अन्तराष्ट्रिय उडानहरु इजरायलको सुरक्षा अवस्थाका कारण रद्द गरिएका छन् । अमेरिकन एयलराइन्स कम्पनी डेल्टा र युएस एअरवेजले उडान रद्द गरेसँगै डच एयरलाइन्स, एअर फ्रान्स, जर्मनीको सबैभन्दा ठूलो एअरलाइन्स
कम्पनी Deutsche Lufthansa AG, स्विस एअरलाइन्स, डच एअरलाइन्स KLM ले पनि उडान रद्द गरेको छ । त्यस्तै टर्किस एयरलाइन्सले पनि २४ घण्टाकोलागि तेलअभिवको उडान रद्द गरेको छ भने अर्कियाल ेपनि इजरायल उडान भर्ने तयारीमा रहेका ३ उटा उडानहरु रद्द गरेको छ ।
इजरायलको अन्ताराष्ट्रिय विमानस्थल वेनगुरियनदेखि ५ किलोमिटर मात्र टाढा रहेको यहुद भन्ने ठाउँमा मंगलवार विहान रकेट विस्फोट भएसँगै अवस्था गम्भिर हुदै गएको भन्दै एअरलाइन्स कम्पनीहरुले इजरायलको उडान रद्द गरेको बताएका छन् ।
Deutsche Lufthansa AG ले ३६ घण्टाकोलागि उडान रद्द गरेको बताएको छ भने एअर फ्रान्सले २४ घण्टाकोलागि उडान रद्द गरेको बताएको छ ।
त्यस्तै तेलअभिवको यहुदमा भएको रकेट विस्फोटनबाट इजरायलमा कार्यरत एक भारतिय कामदार सामान्य घाइते भएका छन् । उनलाई घाइते भएपश्चात तेलासुमेर अस्पतालमा लगिएको छ । निजको शरिरबाट रगत बग्दै गरेको किरात ओनोमा कार्यरत एक नेपालीले बताइन । ति महिलाका अनुसार हाल उनको अवस्था सामान्य रहेको छ । नेपाल इजरायल डट नेटले घाइते कामदारसँग सिधै सम्पर्क गर्ने प्रयास गरे पनि प्रयास असफल भएको छ । रकेट सिधै घरमा विस्फोट भएको थियो ।
अप्रेसन प्रोटेक्टिभ एज शुरु भएको १५औ दिन मंगलवार राती करिव ९ बजे गाजापट्टीबाट ठूलो संख्यामा इजरायलमाथि रकेट आक्रमण भएका छन् ।
रोशहाइन, मोदिइन, खुलोन वात याम लगाय इजरायलको मध्य भागका विभिन्न ठाउँहरुमा रकेट अलर्ट साइरन बजेका छन् भने इजरायलको दक्षिणमा रहेको शार हा नेगेभ रिजनल काउन्सिलमा पनि कोड रेड साइरन बजेको छ ।
- See more at: http://www.nepalisrael.net/index.php?action=news&id=8511#sthash.g6dUwDUL.B5rGqhCb.dpuf
इजरायल आउने अधिकांश उडान रद्द, रकेट विस्फोटनबाट एक भारतिय कामदार घाइते
news and entertainment
