प्रकाशको गाई गोठमा प्रचण्ड (तस्विर सहित)
११ साउन, चितवन ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई शनिबार तनावमा थिए । एकातिर भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको बिशिष्ठ भेटघाट अर्कोतिर आफ्नी पत्नी सीता दाहालकी आमा अर्थात सासुको निधनले पारेको शोक ।
दिउसो सुष्मासँग कुटनीतिक भेटघाट गरेका प्रचण्ड साँझ मात्र चितवन तर्फ लागे ।
ससुरालीमा शोक परेपछि प्रचण्ड व्यस्ततालाई पन्छाउँदै चितवन पुगेका हुन् । शोकमग्न ससुराली पुगेका प्रचण्डले चितवन पुगेको समयमा ससुरालीमा मात्र समय बिताएनन् ।
उनले आफ्ना पुत्र प्रकाश दाहालले चितवनमा चलाइरहेको गाई फार्मको निरीक्षण अवलोकन पनि गरे । प्रकाशको गाईगोठ हेर्न प्रचण्ड पत्नी सीता र अन्य सहयोगीहरुसँग गोठमा पुगेका थिए ।
प्रकाश दाहालले आफ्नो फेसबुकमा पिता प्रचण्ड र आमा सीताले गाई फार्मको निरीक्षण गरेका तस्विर सार्वजनिक गरेका छन् ।
हेरौं केही तस्विरः
तस्विर सौजन्य प्रकाश दाहालको फेसबुकबाट
- See more at: http://nepaliheadlines.com
