वर्ल्डकप फुटबलको फाइनलमा हार बेहोरेपछि अर्जेन्टीनामा हिंसा भड्कियो

एजेन्सी । फीफा विश्वकप फुटबलको फाइनल खेलमा जर्मनीसंग हारेको अर्जेंटिनामा खेलको हार संगै हिंसा फैलिएको खबर छ । फाइनलमा हार बेहोरेपछि अर्जेन्टिनाका केहि प्रशंसकहरु र प्रहरीबीच दोहोरो झडप भएको छ । अर्जेन्टिनाका हजारौं प्रशंसकहरु शहरको सेंट्रल ओबेलिस्क स्मारकमा फाइनल म्याच हेर्न जम्मा भएका थिए ।

म्याचमा जर्मनीको मारियो गोट्जेले गोल गरेपछि पनि केहिबेर उक्त स्थानको माहौल शांतिपूर्ण रहेको थियो । यसै बीच म्याच सकिएपछि केहि हिम्श्रक अर्जेन्टिनी प्रशंशकहरुले उक्त स्थानमा तैनाथ प्रहरीमाथी ढुंगा प्रहार गर्न सुरुगरेका थिए । यो घटना यतिमा मात्र सिमित रहेन, स्थानीय संचार माध्यमका अनुसार उक्त हिम्शा भड्किएपछी उक्त सहरको बजार तथा पसलहरुमा पसी लूटपाट र सड़कमा जडित बिजुली बत्ति तथा भौतिक साधानहरु तोडफोड मच्चियो ।
 Argentina
संचार माध्यमद्वारा जारी फोटोहरुमा कयौं बच्चा तथा बृद्धहरु उक्त हिंशामा नराम्ररी प्रभावित भएको देखाइएको छ । यसैबीच, प्रहरीले उपद्रव मच्याउने युवा जमात तथा प्रसंशकलाई नियन्त्रणमा ल्याउन अश्रु ग्याँस तथा पानीको फोहरा समेत प्रहार गरेको थियो । यसै दौरानमा प्रहरीले करीब ६० जनालाई गिरफ्तार गरेको थियो । हिंसामा १५ जना प्रहरी अधिकारिहरु घाइते भएका छन् ।


Read more: http://sajhasabal.com/news/164455255547#ixzz37TOFiopI

, ,

news and entertainment