अभिनेता श्रीकृष्ण श्रेष्ठको अबस्था गम्भीर रहेको खुलासा

काठमाडौं ।  हनिमुन बहानामा झन्डै दुई हप्तादेखि हराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको अबस्था गम्भीर रहेको लक्षण देखिएको छ । आइतबार नयाँबानेश्वरमा आयोजित ‘कोहिनुर’फिल्मको पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले श्रीकृष्णलाई मिस गर्दै आँसु झारेपछि शंका थप चुलिएको हो । ‘आज यहाँ श्रीजी आउन सक्नुभएन।उहाँ आउनुभएको भए निकै खुशी हुनेथिए’अन्तिम बक्ताका रुपमा बोलेका अधिकारी बीचमै भक्कानिए ।
महिनौदेखि खोकीका कारण विरामी भएपछि हनिमुन बहानामा श्रीकृष्ण श्रेष्ठ गत असार २७ का दिन पत्नी श्वेता खड्काका साथ भारत गएका थिए । गत असार २३ मा विवाह बन्धनमा बाँधिएकै दिन उनी अस्वस्थ देखिएका थिए । उक्त रात उनलाई अस्पताल भर्ना गर्ने तयारी पनि गरिएको थियो ।तर घर पुगेपछि अबस्थामा केही सुधार आएपछि उनलाई त्यसदिन अस्पताल भर्ना गर्नु परेन । दशकअघि उनलाई अल्सर हुँदा विभिन्न रोग देखापरेका थिए । नागरिकमा खबर छ ।
- See more at: http://www.newsabhiyan.com

,

news and entertainment