प्रहरीमा किन बढ्दैछ जागिर छाड्नेको संख्या ?
काठमाडौं,साउन१२– नेपाल प्रहरीमा पछिल्लो पाँच वर्षमा एक हजार सात सय जनाले जागिर छाडेका छन् । प्रहरी अनुसाशनमा नरहनेमाथि कारबाही भएपछि जागिर छाड्नेको संख्या बढेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार २०७० मा दुई प्रहरी नरीक्षकसहित तीन सय ६५ जनाले जागिर छाडेका छन् । यस्तै २०६९ मा तीन सय ७० जना,२०६८ मा तीन सय ५० जना,२०६७ मा तीन सय २९ जना र २०६६ मा तीन सय १० जनाले जागिर छाडेका छन् । प्रहरीका अनुसार तालिमका लागि युरोप र अमेरिका पुग्ने केही प्रहरी अधिकारी उतै बस्ने गरेका छन् । प्रहरी प्रबक्ता एसएसपी गणेश केसीले भने,‘जागिरमा रहने वा नरहने सम्बन्धित प्रहरीको इच्छाको विषय हो तर तालिममै गएर हटाउने वा संगठनमा आँच आउने कार्य गर्नेलाई भने कारबाही गरिन्छ ।’आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
