पहिलो दिनमै ३० करोड कमायो सलमानको ‘किक’ ले

काठमाडौं, साउन १० – शुक्रबार रिलिज भएको बलिवुडका सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘किक’ले बक्स अफिसमा धमाकेदार शुरुवात गरेको छ । शुक्रबार रिलिज भएको यस चलचित्रले पहिलो दिनमा नै लगभग करोड कमाई गरेको छ । सलमानको अघिल्लो फिल्मभन्दा सलमानको यो चलचित्रलाई राम्रो शुरुवात गरेको हो । चलचित्र हेर्न सिनेमा घरमा दर्शकहरुको भीड लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । देशभर ४४०० स्क्रीनमा रिलिज गरिएको यस चलचित्रको हरेक हलमा औसतमा ८५ देखि ९० प्रतिशत दर्शकले भरिएको थियो । दिल्ली, यूपी, इस्ट पञ्जाब, गुजरात र बिहारमा चलचित्रले राम्रो प्रदर्शन गरेको छ । बिहानदेखि रातीसम्म त्यहाँ हलहरु हाउसफूल थिए । शनिबार पनि सबै हलहरु हाउसफुल हुनेगरी बुक भएका छन् । किकका निर्माता तथा निर्देशक साजिद नाडियाडवाला हुन् भने चलचित्रमा सलमान सहित ज्याकलिन फर्नान्डेज, रन्दिप हुडा, नवजुद्दिन सिद्धकी लगायतको प्रमुख भूमिका रहेको छ 

, ,

news and entertainment