बाबुराम पक्षधरले बनाए समानान्तर कमिटी
गोरखा, साउन १० – नयाँ शक्तिको बहस गर्दै आएका एमाओवादीनेता बाबुराम भट्टराईले गोरखामा समानान्तर कमिटि गठन गरेका छन् । भट्टराइ पक्षले यानप्रसाद भट्टको अध्यक्षतामा आज समानान्तर समिति घोषणा गरेको हो । संस्थापनबाट खोरखामा अहिले लेखबहादुर थापा अध्यक्ष रहेका छन् । प्रचण्डको पक्षले जबरजस्ती रुपमा केहि पहिले जिल्ला कमिटिी बनाएको भन्दै भट्टले आफू नेतृत्वको ५१ सदस्यीय नयाँ जिल्ला कमिटि नै आधिकारिक भएको दावी गरे । यस्तै पट्टराइ पक्षले गोर्खाका सबै १३ वटा इलाका र ३ वटा निर्वाचन क्षेत्रका संयोजकपनि तोकेको छ । एकीकतृ माओवादीले विवाद समाधानका लागि समिति बनाए पनि त्यसको वेवास्ता गर्दै भट्टराई पक्षले समानान्तर जिल्ला कमिटि गठन गरेको हो । यसैबीच भट्टराइ पक्षले समानान्तर कमिटी घोषणा गरेको छ । शनिबार वीरगन्जको एक होटल सम्झनामा पत्रकार सम्मेलन गरेर बलिराम साहको अध्यक्षतामा ५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरिएको घोषणा गरेको हो ।
