समुन्द्रमा डुबेका नेपाली विधार्थीलाई उद्धार त गरियो, तर अवस्था अझै गम्भीर

जापानस्थित ओइता सिटीमा एक नेपाली समुन्द्रमा डुबेको अवस्थामा भेटिए पछि उनलाई हवाई एम्वुलेन्सद्वारा उद्धार गरिएको छ | जापानमा अध्ययनका लागि पुगेका ति युवक आफ्ना तिन साथीहरुसँग समुन्द्रमा खेल्न जाँदा गहिरो पानीमा हाम फालेपछि केहिबेरमै बेपत्ता भएका कारण उनलाई हवाई एम्वुलेन्सद्वारा उद्धार गरिएको हो |
क्युशु प्रायदिपमा रहेको ओइता केनको ओइता सिटीमा भएको उक्त घटनामा उनलाई उद्धार गरे लगत्तै अस्पताल पुर्याइएको बताइए पनि हाल सम्म उनको होस् आएको छैन | संजित ढकाल नाम रहेका ति युवकको हाल सम्म पुरा विवरण नपाइएको आसाही टेलिभिजनले बताएको छ | आसाही टेलिभिजनका अनुसार जापानमा हाल अत्यधिक गर्मि बढेकाले मानिसहरु समुन्द्रमा खेल्न जाने क्रम बढ्दा यस किसिमका घटनाहरु घट्ने गरेका छन् | सम्बन्धित निकायले हाल यस्ता घटनालाई न्यूनीकरण गर्नका लागि सबैलाई सचेत हुन अनुरोध गरेको छ |
- See more at: http://www.nepaljapan.com

,

news and entertainment