पारसले शारीरिक र मानसिक यातना दिने गरेको हिमानीले खुलासा गरिन सम्बन्ध बिच्छेद गर्ने तयारि
काठमाडौं,साउन१२– पुर्वराजा ज्ञानेन्दैले पारसका नाममा चाकडी,चाप्लुसी बजाउने र उनलाई उक्साउनेहरुको लिष्ट तयार पार्दै तिनीहरुलाई निर्मल निवास वरीपरी आउन निषेध गरेको समाचार छ । पारसका साथी राजु सिंह उनलाई निकै बैंकक गएका बेला यता निर्मल निवासमा भने उनीसहित पारसका आसेपासे,साथीभाई र चाकडीबाजहरुको लिष्ट तयार पारिएको छ ।
हिमानी अब कुनै पनि हालतमा पारससँग अब संगै बस्न नसक्ने अबस्थामा पुगेकी छन् । उनले आफु निकटस्थ साथीसँगी र हिमानी ट्रष्टका पदाधिकारीहरुलाई पनि यो कुरा जानकारी गराइसकेकी छन् । आफुमाथि पारसले शारीरिक र मानसिक यातना दिने गरेको हिमानीले बताएकी छन् । ‘उनी पारससँग कानूनी रुपमै सम्बन्ध बिच्छेद गर्न चाहन्छिन् तर पुर्वराजा ज्ञानेन्द्रको अबस्था र पुर्वराजपरिवारको प्रतिष्ठाका लागि मात्र उनी चुप छिन्,’ हिमानीका एक निकटस्थले भने ।पारस नेपाल आएपछि हिमानी पारसँग सँगै नबस्ने स्रोतले जनाएको छ । उनीहरुबीच कुनै पनि सम्बन्ध नभएको पाँच वर्ष पुगिसकेको छ । ‘पाँच वर्षसम्म त उसलाई म चाहिएन भने अब किन सँगै बस्ने’ हिमानीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । आजको साँघु साप्ताहिकमा खबर छ ।

