विहानको सहबासले छिटो बुढो भइन्छः गरुड पुराण |

स्वास्थ्य मानिसको सबैभन्दा ठूलो धन हो । स्वस्थ शरीर भयो भने अभावमा पनि खुसी हुन सकिन्छ तर रोगी शरीर पर्यो भने अपार सुखमा पनि दुःख नै महसुस हुन्छ । शास्त्रमा पनि स्वास्थ्य धनलाई बढी महत्व दिइएको छ । किन भने खराव स्वास्थ्यले आर्थिक स्थिति मात्र होइन सामाजिक जीवन पनि विगार्छ । स्वस्थ जीवनका लागि जीवन शैली पनि ध्यान दिनु पर्छ । अहिले सबै जना ब्यस्त छन् । सबैको जीवनमा भागदौड बढी छ । यसकै कारण आहार विहार नमिल्दा शरीरमा अनेक रोगहरु जन्मि रहेका छन् । आजकल मानिसहरु उमेर भन्दा छिटो बुढो हुन्छन् ।
गरुण पुराणमा युवा अवस्थामा आहार विहारमा ध्यान दिन सके स्वस्थ रहने र छिटो बुढो हुने समस्याबाट मुक्त हुने उल्लेख छ ।
aging fast
अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च। 
दिवाशयो जागरणं च रात्रौ षडभिन निवसन्ति रोगा:।। 

यो श्लोकको अर्थ हुन्छ कि दिनचर्यामा लापरवाही भएमा तपाइँलाई गम्भीर रोग लाग्न सक्छ । यसले छिटो वृद्ध अवस्थातिर धकेल्छ भने उमेर घट्न सक्छ । यस कारण यी छ काममा सँधै सावधान रहनुस् जसले गर्दा यौवनावस्था लम्बाउन सकिन्छ ।

गरुड पुराणले यी कामले छिटो बुढो बनाउने उल्लेख गरेको छः

चाहिने भन्दा बढी मात्रामा पानी पिउनु
भारी अर्थात गठिलो भोजन गर्दा
वीर्य स्खलन गर्नु
दिशा पिशाव रोक्नु
दिउसोमा सुत्नु
राति अवेर सम्म बस्नु
त्यसैगरी
सन्ध्यामा धुवाँ पिउनु
आगोमा हात सेक्नु
रजश्वला भएकी स्त्रीसँग सम्बन्ध राख्नु
रातिमा दहीको सेवन गर्नु
विहानको समयमा सहवास या शयन गर्नु
गरुण पुरुणमा सबै कुरा विचार गरेमा धनी र स्वस्थ बन्न सकिने पनि उल्लेख छ ।
कुचैलिनं दन्तमलोपधारिणं ब्रह्वाशिनं निष्ठुरवाक्यभाषिणम्।
सूर्योदये ह्यस्तमयेपि शायिनं विमुञ्चति श्रीरपि चक्रपाणिम्।।

यो श्लोकको अर्थ यस्ता छ बानी छोड जसले गर्दा लक्ष्मी रिसाउँछिन् । अर्थात यस्ता गलत कामबाट ब्यक्ति अभावमा जीवन गुजार्न बाध्य हुन्छ ।
aging fast 2
दाँत सफा नराख्नु
मैला कपडा लगाउनु
बढी भोजन गर्नु
कटु बचन बोल्नु
सूर्योदय र सूर्यास्तको समयमा पनि सुतिरहनु
aging fast 1
यी काममा ध्यान दिने हो भने स्वस्थ र समृद्ध हुने गरुण पुराणमा उल्लेख छ ।
- See more at: http://nepaliheadlines.com/2014-07-17-09-13-20.html#sthash.AiFEqsAH.dpuf

, ,

news and entertainment