जिउ नै सिरिङ्ग हुने, २ वर्षका वालिका सर्पसँग खेल्दै (फोटो फिचर) |
सामान्यतया २ वर्षका वालवालिका पढ्न लेख्न र खेल्नमा ब्यस्त हुन्छन् । तर अचम्म हेर्नुस् त यी २ वर्षीय वालिकाहरु विषालु साँपसँग आफ्नो समय विताउँछन् ।
खतरनाक विषालु साँपसँग खेल्दा यिनीहरुको अनुहारमा कुनै डरको नाम निशान देखिन्न । खासमा यी वालिका भारतीय बादी समुदायका हुन् । यो समुदायमा सर्फलाई परिवारको सदस्य नै मानिन्छ । यिनीहरुको जिविकोपार्जन पनि सर्पकै आधारमा चल्छ ।
यिनीहरु साँप लिएर घर घरमा खेलाउन जान्छन् र पैसा कमाउँछन् । यो समुदाय छ महिना भन्दा बढि कतै पनि टिक्दैन ।
त्यसैकारण जहाँ जान्छन् त्यहीँ सर्प खोज्छन् र ब्यवसाय शुरु गर्छन् । त्यसैले यिनीहरुले आफ्ना छोरा छोरीलाई सर्पलाई आकर्षित गर्न र नियन्त्रण गर्न सिकाएका हुन्छन् ।
त्यसैले बादी समुदायका वालवालिकाहरु विषालु सर्पसँग खेल्दै गरेका देखिन्छन् ।
भारतमा सन् १९९१ देखि सर्पको खेल देखाउन प्रतिबन्ध छ तर बादी समुदायका मानिसले भने यस्तो पेशा कायमै राखेका छन् ।
- See more at: http://nepaliheadlines.com
