चलचित्र निर्देशक समाजमा भांडभैलो

काठमाडौं, श्रावण ३ ।  चलचित्र निर्देशक समाजको दशौं साधारणसभा भदौ १० गतेसम्मका लागि स्थगित भएको छ । हिजो सुरु भएको वार्षिक साधारणसभाको बन्द सत्र सुरु हुन वित्तिकै दुई खेमाबीच आरोप प्रत्यारोप भएपछि सभा नै स्थगित गर्नुपरेको थियो ।
चलचित्र निर्देशक एवं चलचित्र सेन्सर बोर्डका सदस्य सुरेश दर्पण पोखरेलले वौद्धिक मानिएकोसमाजमा यस्तो अवस्था आउनु नेपाली चलचित्र क्षेत्रकै कालो दिनको रुपमा लिनुपर्ने बताए ।
पोखरेलले एक पटक सबै एक भएर आत्मआलोचना गरी अगाडि बढ्नु पर्नेमा जोड दिए । निर्देशक पोखरेलले नेपाली चलचित्र क्षेत्रको भविष्य राम्रो भए पनि ड्राइभर गतिलो नभएको बताए ।
- See more at: http://imagekhabar.com/samachar/detail/39791/33/.meroml#sthash.qsQcAOLM.dpuf

,

news and entertainment