त्रिचन्द्र क्याम्पसमा खुकुरी प्रहारपछि आगजनी, वीपी पुस्तकालय क्षतीग्रस्त(भिडियोसहित)

काठमाडौं, श्रावण ४ । राजधानीको त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरुले आगजनी गरेका छन् । काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताबीच झडपको क्रममा क्याम्पस भवनमा आगजनी भएको हो ।
आगजनीबाट क्याम्पस परिसरमा रहेको वीपी पुस्तालय ध्वस्त भएको छ । यस्तै, आगजनीबाटक्याम्पस भवन र क्यान्टिनमा पनि क्षति पुगेको छ । स्थितलाई नियन्त्रणमा लिन अहिले त्रिचन्द्र क्याम्पस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अनेरास्ववियुले आफ्ना नेतामाथि नेविसंघ कार्यकर्ताले खुकुरी प्रहार गरेको भन्दै विरोध जनाएपछि दुई विद्यार्थी संगठनबीच झडप भएको हो । आज विहान त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुका नेता प्रेम केसीमाथि खुकुरी प्रहार भएको र गम्भीर अवस्थामा उनको मोडल अस्पतालमा उपचार भइरहेको अनेरास्ववियुले जनाएको छ ।
त्रिचन्द्र क्याम्पस परिसरमै रहेका केसीमाथि एक्कासी तीन चार जनाको संख्यामा आएका युवाहरुको समूहले खुकुरी प्रहार गरेको थियो ।
- See more at: http://imagekhabar.com/samachar/detail/39823/29/.shtml#sthash.cAXGkAou.dpuf

, ,

news and entertainment