मलेसियाली विमान खस्नुमा पुटिन दोषी भन्दै खुलापत्र (भिडियो सहित)

यतिबेला बिश्वको प्रश्न छ, नेदरल्याण्ड्सको आम्स्टर्डमबाट मलेसियाका लागि उडेको मलेसियन एअरलायन्सको विमान दुर्घटनाको दोषी को ?
duch-bbaa-final
गत बिहिबार युक्रेन र रुसको सीमा क्षेत्रमा क्षेप्यास्त्र हानेर खसालिएको भनिएको मलेसियाली विमान सेवाको विमानमा सवार आफ्नी प्रिय छोरीसहित परिवारजन गुमाएर दुखको सागरमा डुबेका डच बाबुले घटनाको दोषी रुसी राष्ट्रपति भ्लादिमीर पुटिन रहेको दाबीका साथ पुटिनलाई खुल्लापत्र लेखेका छन् |
युक्रेनी सरकार रुसी पृथकतावादीलाई दोषी ठानिरहेको र विद्रोहीहरुले सरकारमाथि आरोप लगाइरहेका बेला डच बाबुले पुटिनलाई खुल्लापत्र लेखेका हुन् |
विहीबार भएको विमान दुर्घटनामा विमानमा सबार सबै २ सय ९५ जना यात्रुको ज्यान गएको थियो । अहिले यो विमान कसले खसालेको हो भन्ने विषयमा अनुसन्धान शुरु भएको छ ।यस्तै,केहि महिना अगाडी क्वालालम्पुरबाट चीनको राजधानी बेइजिङ उडेको मलेसियन एयराइन्सको २४० यात्रु सवार अर्को विमानको अहिले सम्म कुनै अत्तोपत्तो छैन |

, , ,

news and entertainment