मुख्य सचिवलाई प्रधानमन्त्रीको धाप, आधा दर्जन मन्त्री हिस्स !

९ साउन, काठमाडौं । paudel
मुख्य सचिव लिलामणि पौडेललाई हटाएर आफू अनुकूल व्यक्तिलाई ल्याउन कम्मर कसेर लागेका सरकारका वरिष्ठ मन्त्रीहरु प्रधानमन्त्री सुशील कोइरालाको अडानका कारण हिस्स परेका छन् । प्रधानमन्त्री अमेरिका छँदा नै मुख्य सचिवमा आफ्ना निकट सचिवलाई ल्याउन उपप्रधानमन्त्री वामदेव गौतम, प्रकाशमान सिंह तथा मन्त्रीहरु रामशरण महत र मिनेन्द्र रिजाल लागि परेका थिए । उनीहरुले मुख्य सचिव हटाउन गरेको पहललाई प्रधानमन्त्री कोइरालाले शुक्रबारको मन्त्रीपरिषद् बैठकमार्फत् निस्तेज पारेको स्रोतको भनाइ छ । 
मन्त्रीपरिषद्को शुक्रबार विहानको बैठकमा केही मन्त्रीले मुख्य सचिवको कुरा उठाउने वित्तिकै प्रधानमन्त्रीले त्यसतर्फ सोच्न आवश्यक नभएको जवाफ दिएपछि मन्त्रीहरु चुपचाप बसेको बुझिएको छ । बैठकमा मुख्य सचिव पौडेलले मिडिया ट्रायल गरेर आफूलाई अब्बल देखाउन खोजेको भन्दै मन्त्रीहरुले आपत्ति जनाएका थिए । तैपनि प्रधानमन्त्रीले मुख्य सचिवको बिषय अगाडी नबढाउन भनेपछि बैठकमा त्यस बिषयमा कुनै छलफल भएन । बरु मुख्य सचिव बनाउन लागिएका भनिएका सचिव युवराज भुषाललाई स्टाफ कलेजको जिम्मा दिने निर्णय गरेको छ ।

प्रहरीमा सरुवा बढुवा लगायत बिषयमा अडान लिएका मुख्य सचिव पौडेलका कारण मन्त्रीहरु हैरान भएर उनको स्थानमा नयाँ व्यक्तिलाई ल्याउने कसरतमा लागेको थिए ।

यसैवीच, उपप्रधान एवंम् गृहमन्त्री वामदेव गौतमले मुख्य सचिव फेर्ने बिषयमा कुनै छलफल नभएको बताएका छन् । काभ्रेमा शुक्रबार आयोजित एक कार्यक्रममा गौतमले मुख्य सचिव फेर्ने बिषयमा बाहिर मात्र हल्ला चलाइएको बताए । उनले मुख्य सचिव हटाउन आफ्ना लागि जरुरी नभएको दावी गरेका थिए ।
- See more at: http://nepaliheadlines.com

,

news and entertainment