यस्ती भइछिन् मनिषा कोइराला (फोटो फिचर)

क्यान्सरलाई जितेर जीवनमा फर्किएकी मनिषा कोइरालालाई धेरैले सार्वजनिकरुपमा देख्न पाएका छैनन् । शनिबार भने उनी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा देखिइन् ।manisha latestmanisha latest 1manisha latest 2 दिल्लीस्थित होटल हयात रिजेन्सीमा एक वेवसाइटको प्रवर्द्धन गर्ने कार्यक्रममा मनिषा उपस्थित थिइन् । क्यान्सरबाट पीडित भएपछि मनिषा बलिउडबाट टाढा छिन् । उनले अन्तिम पटक सन् २०१२ मा भूत रिटर्नमा manisha latest 4देखिइएकी थिइन् । तर अव बलिउडमा फर्किने योजना नभएको बताइन्छ । क्यान्सरबाट भने उनी अव मुक्त भैसकेकी छिन् । मनिषा क्यान्सरको उपचारका लागि लामो समय अमेरिकामा बसेकी थिइन् । शनिबार मनिषाले लामो समय पछि मिडियासँग पनि कुराकानी गरिन् । उनले यो वेवसाइटसँग आफू पनि जोडिएको जानकारी पनि दिइन् । त्यहाँ उपस्थित उनका शूभचिन्तकले मनिषाको अटोग्राफ पनि लिएका थिए । - 

, ,

news and entertainment