एनेकपा मावोबादी समानान्तर समिति बनेको बिषय ले गम्भीर हलचल

baburam-bhattarai_8

एनेकपा मावोबादी भित्र यतिबेला बरिस्ठ केन्द्रिय सदस्य बाबुराम भट्टराई को मकवानपुर र सिन्धुलीमा भट्टराई पक्षले समानान्तर समिति बनेको बिषय ले गम्भीर हलचल ल्याएको छ|आज बसेको स्थाई कमिटि को बैठक मा पनि र्टी नेता डा. बाबुराम भट्टराई पक्षले आठबुँदे सहमति उल्लंघन गरेको ठहर गरेको छ । भट्टराई पक्षको अनुपस्थितिमा बसेको स्थायी समितिको बैठकमा विभिन्न जिल्लामा देखिएको विवादबारे छलफल भएको थियो ।नेत्रित्तो बिर्रुदा नै खनियको निस्कर्ष निकालेको उक्त बैठक ले बाबुराम भट्टराई द्वारा  खडा गरियको समानान्तर समिति को बिषय लाइ गम्भीर रुपमा लिदै बाबुराम भट्टराई लाइ अर्को बैठक मा उपस्थित गराउने कोसिस गर्ने साथै विवाद नसुल्झिय कारबाही को तयारी समेत गरेको नाम नखुलाउने सर्त मा एक स्थाई समिति सदस्य ले बताए||
ज्ञात रहोस समानान्तर समिति बनाएको भन्दै  एकीकृत नेकपा माओवादीको जिल्ला समिति सिन्धुली ले  डा. बाबुराम भट्टराई पक्षीय सात नेतालाई निस्काशन गरेको छ । संस्थापन पक्षले राजन दाहालको नेतृत्वमा कार्यसमिति चयन गरेपछि भट्टराई पक्षले दिर्घराज श्रेष्ठको अध्यक्षमा समानान्तर समिति गठन गरेको थियो ।
दाहाल पक्षको शुक्रबार बसेको बैठकले पार्टी अनुशासन विपरित काम गरेको भन्दै श्रेष्ठसहित सात जनालाई अनिश्चितकालका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ । ‘सहमतिमा पनि नआउने, प्रक्रियासम्वत रुपमा भएको निर्वाचनलाई पनि नमानेर समानान्तर समिति बनाएपछि कारबाही गरेका हौं’ दाहालले भने ।
कारबाहीमा पर्नेमा श्रेष्ठसँगै सुरतबहादुर सिं, रामबाबु थापा, बन्दना सुवी, सानी श्रेष्ठ, सुव गुर्मछान र शिव भट्टराई छन् । उनीहरु सबै भट्टराई पक्षको समानान्तर समितिका पदाधिकारी हुन् ।

,

news and entertainment