बलिउड अभिनेता अनुपम खेर नेपाल आउने

काठमाडौं, असार २९ - बलिउड अभिनेता अनुपम खेर आफ्नो प्रस्तुती दिन अर्को महिना काठमाडौं आउने भएका छन् ।
आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पढाउँदै आएको कोसेली फाउन्डेसनले आयोजना गरेको च्यारिटी कार्यक्रममा सहभागी हुन उनी अगस्त २२ तारिख नेपाल आउन लागेका हुन् । कोसेली फाउन्डेसनले राजधानीको शान्तिनगरमा कोसेली स्कुल संचालन गर्दै आएको छ । स्कुलमा सुकुम्बासी, मजदुर परिवारका १ सय २० बालबालिका अध्ययन गरिरहेको फाउन्डेसनले जनाएको छ anupam kher
आयोजक संस्थाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी अभिनेता खेरले आर्मी अफिसर्स क्लबमा साढे २ घन्टा एकल प्रस्तुती दिने जानकारी दिएको हो । त्यस अवसरमा खेरले आफ्नो स्टारडम यात्राबारेको अनुभव दर्शकसग बाँड्ने छन् ।
खेर कलर्स टेलिभिजनमा द अनुपम खेर सो (कुछ भि हो सकता हे) लिएर भर्खरै सानो पर्दामा आएका छन् । सन् १९८२ मा आगमन फिल्मबाट अभिनय यात्रा थालेका उनले झण्डै ५ सय फिल्म र १ सयभन्दा बढी नाटकमा अभिनय कला देखाइसकेका छन् । उनले भारत सरकारले प्रदान गर्ने उत्कृष्ट पदक पद्यमश्री, फिल्म फेयर अवार्ड पाइसकेका छन् ।
आयोजकले स्कुलका लागि सहयोग जुटाउन अनुपम खेरको सो हेर्नेका लागि टिकटको ब्यवस्था गरेको छ । सहयोग स्वरुप भिआइपी टिकटको ८ हजार, गोल्डेनको ५ हजार, सिल्भरको ३ हजार र ब्रन्ज टिकटको १ हजार ५ सय सुल्क तोकिएको आयोजक संस्थाले जनाएको छ ।http://www.ekantipur.com/np/2071/3/29/full-story/392289.html

, , ,

news and entertainment