इमेल को पासवोर्ड चोर पक्राउ
काठमाडौं, असार २३ – ईमेलको पासवर्ड चोरको अभियोगमा एक ट्राभल सञ्चालक पक्राउ परेका छन् ।ईमेल पासवार्ड चोरेर दुरुपयोग गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल हेरिटेज ट्राभल एण्ड टुरका सञ्चालक अवेश गौतमलाई पक्राउ गरेको हो ।गौतमले आफूले पहिले काम गरेको आइएलडी ट्राभल्स दरबारमार्ग काठमाडौंको ईमेल पासवार्ड चोरर ग्राहकलाई अनधिकृत रुपमा ईमेल पठाएर आफ्ना कम्पनीलाई लाभ हुने गरी काम गरेकाले विद्युतीय कारोबार ऐन अन्र्तगत पक्राउ गरेको ब्यूरोले जनाएको छ ।काठमाडौं सामाखुशीका गौतमबाट कम्प्युटरको सिपियू, ल्यापटप लगायतका सामान बरामद गरेको ब्यूरोले जनाएको छ|
