गृह मन्त्रालयबाटै चोरी भयो कम्प्युटर
काठमाडौं, असार ३० – देशको सुरक्षाको जिम्मा लिएको गृहमन्त्रालय नै असुरक्षित रहेको एक घटनाले पुष्टि भएको छ । गृह मन्त्रलायबाटै कम्प्युटरको सामानहरु चोरी हुन थालेपछि आफ्नै सुरक्षा गर्न नसक्ने गृहमन्त्रालयले कसरी देशमा सुरक्षा प्रदान गर्छ प्रश्न चिन्ह खडा भएको छ ।
गृहमन्त्रालयका सह–सचिव यादव कोइरालाको पीएको कोठाबाटै कम्युटरको मनिटर चोरी भएको छ । यस विषयमा वहाँको पीएसँग सोधपुछ गर्दा उनले यस घटनालाई नकार्न सकेनन् । केही बेर अक्कमक्क बनेका उनले यसबारे ‘यादव सरलाई सोधेर मात्र प्रतिक्रिया दिने बताए ।’
यस घटनाले देशको प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेको गृहमन्त्रालयको सुुरक्षा व्यवस्था कति कमजोर रहेको छ भनेर देखाएको छ ।
