मलेसियामा नेपालीको घाँटी रेटी हत्या

चार बर्ष अघि वैदेशिक रोजगारका लागि मलेसिया पुगेका महोत्तरी किसाननगर ७ का २५ वर्षीय सुमन भनिने चेतराज गिरीको मलेसियामा घाँटी रेटी हत्या भएको छ । मलेसियाको जोरबारुमा रहेको इनोसेरामेटिक कम्पनीमा कार्यरत गिरीको नेपाली र भियतनामी साथी मिलेर घाँटी रेटी हत्या गरेका हुन् ।
malaysia
चेतराजको साथमा रहेको ४५ सय रिङगेट(करिब डेढ लाख रुपैयाँ) लुट्ने उद्देश्यले एउटै कम्पनीमा कार्यरत साथीहरुले गएको असार २८ गते राती ११ बजे उनको हत्या गरेका मृतकका आफन्त लक्ष्मण गिरीले बताए । अविवाहित गिरीको शव हत्यापछि कम्पनी नजिकैको झाडीमा फालिएको अवस्थामा फेला परेको थियो ।
चार बर्ष अघि रोजगारीको लागि मलेशिया गएका गिरीको राम्रो कमाई र सजिलो काम भएको कारण समय थप गरेर काम गर्दै आएको हुँदा गएदेखि घर समेत नफर्किएको उनका आफन्तहरुले बताएका छन् । गिरीले बेला बेलामा घरमा पैसा पठाउँने गर्दथे | घटनामा संलग्न भएको आशंकामा स्थानिय प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आफन्तहरुले मृतकको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरेका छन् । सरकारले आवश्यक सहयोग नगर्दा शव नेपाल ल्याउन ढिलाई भएको मृतकका फुपुका छोरा लक्ष्मण गिरीले बताए ।
- See more at: http://www.nepaljapan.com/2014/07/19/122475/#sthash.RUyNspGU.WfQYwMeJ.dpuf

,

news and entertainment