प्रतिकिलो १ लाख रुपैयामा बिक्रि हुन्छन नेपाली झिंगा
तस्करी हुने झिंगा घरका नभएर बनका हुन् । ठूला र हरिया बन झिंगा कुहाएर तिब्बतमा बनाइने रक्सीको माग युरोपेली बजारमा रहेको जानकारहरुले बताए । नेपालका जंगल चहारेर वन झिंगा जम्मा पारिन्छन र खासातर्फ पठाइन्छन्, जहाँ त्यसको सरदर मूल्य प्रतिकिलो १ लाख रुपैया पर्न जान्छ । ‘वनझिंगा जान्छ भन्ने सुनेका हौं, तर अहिलेसम्म बरामद गर्न सकिएको छैन्’ पूर्वबाग्मती अंचल प्रमुख एसएसपी पशुपति उपाध्यायले भने । तराई र महाभारत शृंखलाका घना जंगलमा पाइने वनझिंगा कुहिएका फलफुल तथा मानिसको दिसा वरपर रहन रुचाउँछन् ।
वनझिंगा जिउँदै पक्रन झुलभित्र मह राखदेर जंगलमा टासिन्छ । झुलमा छिरेपछि वनझिंगा त्यहाँभित्र राखिएको राखिएको गममा टाँसिएर संकलित हुन्छन् । गाउँलेद्वारा संकलित वनझिंगा स्थानीय एजेन्टमार्फत तस्करी च्यानलको व्यापारीकहाँ पुग्छ,जसलाई विभिन्न उपाय लगाएरखासा पर्याइछाड्छन्,आजको कान्तिपुर दैनिकमा खबर छ ।
- See more at: http://www.nepaljapan.com/2014/07/19/122462/#sthash.n9sBSLoo.dpuf
