भिख माग्दै गरेका करोडपती पक्राउ

रियाद – साउदी अरबमा भीख माग्नु अवैधानिक छ । एक भिखारीले भिख मागिरहेको देखेर त्यहाँका पुलिसले उक्त मानिसलाई पक्राउ गरेका छन् । पक्राउपछि भिखारीको सम्पत्तिको विवरण सुनेर पुलिसहरु आफै दङ्ग परेका छन् ।
भिख मागिरहेका उक्त व्यक्तिलाई सोधपुछ गर्ने क्रममा पुलिसहरुले उक्त व्यक्तिसँग तीन लाख डलरको सम्पत्ति भएको पत्ता लगाएका छन् । यति मात्र नभई उनको निकै शानदार फ्ल्याट, कार र उत्कृष्ट जीवनशैली भएको पाइएको छ ।
पुलिसले ती व्यक्तिलाई पश्चिमी साउदी अरबको याम्बु पोर्ट सिटिबाट भीख मागिरहेको अवस्थामा पक्राउ गरेको थियो । मदिना पुलिसका प्रवक्ता फहद अल गनमका अनुसार उनलाई शंकाको आधारमा पक्राउ गरिएको हो ।
ती व्यक्तिलाई भीख माग्ने पेशामा उनकी श्रीमती र तीनजना छोराछोरीहरुले पनि सहयोग गर्ने पाइएको छ ।
भीख माग्ने यो परिवार साउदी अरबमा अवैध रुपमा बस्दै आएको र यो परिवार निकै महँगो फ्ल्याटमा बस्ने र कतै यात्रा गर्दा आफ्नै कारमा यात्रा गर्ने पाइएको छ ।
पुलिसले उनीहरुलाई पक्राउ गरि छानबिन पक्रिया सुरु गरेको छ । (एजेन्सी)

, ,

news and entertainment