एकछाक टार्न देह व्यापार, राज्य नतमस्तक भएपछि यसरी बाँच्दैछन् उनीहरु

 एक छाक खानका लागि यौन व्यबसाय गर्दै आएका वादी समुदायको नाङ्गो आन्दोलनलाई राज्यले वेवास्ता गरेपछि सुदूर पश्चिमका वादी महिलाहरु ५ बर्षपछि फेरि यौन व्यबसायमा फर्किएका छन् । उनीहरुले ५ बर्ष अघि सिंहदरवार घेरे, सिंहदरबारकै मूल गेटमा नाङ्गो प्रदर्शन गरे, तर समस्या सुल्झिएन बरु फेरि बल्झियो ।

आन्दोलनपछि सरकारले देह व्यापार गर्न नदिन वादी समुदायका महिलाहरुलाई देह व्यापार मुक्त समुदायका रुपमा घोषणा गर्यो । तर गैर जिम्मेवार सरकारले उनीहरुका लागि न त कुनै रोजगारका प्याकेज अघि सार्न सक्यो, न त उनीहरुको  जीवन स्तर उकास्ने कार्यक्रम । सीप, क्षमताका अभावमा ५ बर्षको अन्तरालपछि फेरि यौन व्यासायमै फर्किन बाध्य भए उनीहरु ।

२०६४ सालदेखि यौन ब्यवसायको विकल्पको खोजीमा रहेका कैलालीका बादी महिलाहरु गतिलो विकल्प नपाएपछि फेरि पुरानै पेशामा फर्किन थालेका हुन्। सरकारले गर्छु भनेर पनि गाँस बास र कपासको ब्यवस्था नगरेपछि उनीहरु बाध्य भएर पुनः यौन व्यवसायमा फर्किएका हुन् ।

“यौन ब्यवसाय गर्न ६ सय महिलाहरु अहिले बम्बई र दिल्ली गएका छन्” बादीहरुसित काम गरिरहेको संस्था सामुदायिक सहयोग समितिकी अध्यक्ष उमा बादीले भनिन् ‘खान लाउन पुग्दैन, जग्गा जमिन सुको छैन, अनि पेट कसरी पाल्ने’ उमाको प्रश्न छ “गाँस वास र कपास नै नभएपछि यौन पेशा नगर्नु भनेर पनि कसरी भन्ने ” उनले सरकारले पनि बादी समुदायलाई पटक पटक धोका दिएको आरोप लगाइन् । सरकारले चालु आर्थिक वर्ष २०७१–०७२ को बजेटमा समेत बादी समुदायको लागि नयाँ योजना ल्याउँन सकेन ।

बजेटमा सामुदायिक विद्यालयबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उतीर्ण गर्ने निम्न आय भएका दलित, चेपाङ र राउटे समुदायका छात्रछात्रालाई उच्च माध्यामिकदेखि स्नाकोत्तर तह सम्म अध्ययन गर्न रु एक हजार पाँच सयदेखि तीन हजार सम्म मासिक वृत्ति उपलब्ध गराउने ब्यवस्था गरिएको उल्लेख भए पनि बादी समुदायलाई दलित भित्र मात्रै सम्बोधन गरेको छ ।

बजेटमा दलित मध्ये डोम, चमार र मुसहरसहित बादी जातिका ब्यक्तिले इञ्जिनियरिङ् वा चिकित्साशास्त्र तर्फ स्नातक तहमा अध्ययनका लागि लाग्ने सम्पूर्ण शैक्षिक खर्च सरकारले ब्यहोर्ने ब्यवस्था मिलाइएको उल्लेख छ । यो बाहेक बादी समुदायको लागि रोजगारीका कुनै कुराहरु अहिलेको बजेटले समेत समेट्न सकेको छैन ।

विहान बेलुकी मुख जोड्न समेत धौ धौ भएपछि बादी समुदायले बाध्य भएर यो पेशा अंगालेका छन् । नेपाली समाजमा यौन व्यवसायलाई गैर कानुनी माने पनि बादी महिलाहरु यहि पेशाबाट आफनो गुजारा चलाउन बाध्य छन् । कैलालीको मुडाका बादी महिला र युवतीको समस्या पनि उस्तै छ । आफ्ना सन्तानका लागी भारतमा गएर आफनो शरिर डुबाउदा समेत राज्य निकाय मौन छ भने नेपाली चेलीहरु आफनो शरिर केहि रकममा बेचिरहेका छन् ।

धनगढीबाट झण्डै ६० किलोमिटर पूर्व, महेन्द्र राजमार्गको छेउमा पर्ने मुडा बजारमा अहिले पनि बादीको बाक्लै बस्ती छ । यौनपेशाका लागि मुडाबाट मात्रै ६० जना भन्दा बढी महिला र युवतीहरु भारत गएका छन् । “नेपालमा प्रहरीले समातेको समात्यै गर्छ, अनि भारतका कोठीहरुमा नगएर के गर्नु ” मुडाकी अनिता बादीको यो प्रश्नको जवाफ संभवतः आज सरकार र समाज कसैसित छैन । नेपालमा यस्तो पेशा गर्न प्रतिवन्ध छ तर अरु कुनै विकल्प नभएपछि र राज्यले कुनै पनि रोजगारी सगै गाँस,बास र कपासको व्यवस्था नगरेपछि बादी महिलाहरु त्यही पेशाबाट आफनो गुजररा चलाईरहेका छन् । २०६४ सालमा यौन ब्यवसायको विरोधमा उत्रेको निगरानी समुहले बादी महिलाहरुलाई बैकल्पिक पेशामा लाग्न सहयोग गर्ने र गाविसबाट रकम छुट्याएर उनीहरुको गासबास र कपासको ब्यवस्था गर्ने आश्वासन दिएको थियो ।

“बस्तीमा पसल हालेर मदीरा विक्री गर्न दिदैन निगरानी समुहले, न त कुनै मान्छेलाई हाम्रो रेष्टुरेन्टमा आउन दिन्छ । हामीले होटल पनि गर्न नपाउने हो भने कसरी गाँस वास र कपासको जोहो गर्ने ” निगरानी समुहप्रति आक्रोसित अनिता बादी भन्छिन् “निगरानी समुहले आफुहरुको पेशा बन्द गराउदा गरेको प्रतिवद्धता पुरा गरेन ।” यसरी यहि पेशा पनि नभइदिदाँ बादी महिलाहरु भारतको कोठीमा गएर केहि रुपैयाको लालचमा आफनो शरिर बेचिरहेका छन् ।

राज्य निकायबाट कुनै पनि खालको अवसर नहुनुले पनि नेपाली महिलाहरु आफनो पेट र सन्तानको पेटका लागी मात्र पनि शरिर बेचिरहेका छन् । बादी महिलाले देह व्यापार छाडी बैकल्पिक पेशामा लाग्ने अवसर र सहयोगको माग गर्दै २०६४ सालमा काठमाडौंमा ४८ दिनसम्म आन्दोलन गरेका थिए । सामाजिक सहयोग समितिकी वर्तमान अध्यक्ष उमा बादीले सिहदरबारको गेटमा नग्न भएर गरेको प्रदर्शनले देश र विदेशमा चर्चा पाएको थियो । तर पनि पुनर्स्थापना लागि राज्य उदासिन बनेको बादीहरुको आरोप छ उनीहरुको ।

“नग्नता प्रदर्शनले पनि राज्यको आँखा खुलेन भने अब के अरु के गर्ने” उमाको प्रश्न अहिले पनि सिंहदरबारतिरै ठोकिएको छ । यसरी महिलाहरु देह व्यापार गर्न बाध्य भइरहदाँ सिंहदरबार कुन कथामा रुमलिरहेको छ ? कि रोजगार देउ कि काम गर्ने बतावरण मिलाइदेउ भन्दाँ पनि राज्य निकाय आँखामा पटी बाधेर बसेपछि बादी महिलाहरु आफनो शरिर बेच्न बाध्य भएका हुन् । महिला विकास कार्यालयले स्वरोजगारका लागि दुईवर्ष सम्म दिएको १५ र २० हजार पनि बन्द भएपछि झन समस्या थपिएका छन् । सामुदायिक सहयोग समितिमा दाताबाट आउने वार्षिक ४५ लाख रकमले वादी समुदायको क्षमता अभिबृद्धि र सामान्य तालिमहरु मात्र भैरहेका छन् । बादी समुदायका अगुवा अर्जुन वादीका अनुसार, समुदायको उत्थानका लागि जिल्ला विकास समितिले १ लाख र केही गाविसहरुले १० देखि २० हजार रुपैयाँ त छुट्याए, तर, त्यति रकमले के गर्नु अर्जुन भन्छन्–“सरकारले बादीको उत्थानका लागि छुट्याएको रकमले बैकल्पिक पेशा शुरु गर्न पनि पुग्दैन ।’
#businesssansar#

,

news and entertainment