मधेसबाट राष्ट्रपति,उपराष्ट्रपति,गृहमन्त्री,परराष्ट्रमन्त्री,कसरी दोस्रो दर्जाका नागरिक ? : भारतीय विदेशमन्त्री
भारतीय विदेशमन्त्री सुषमा स्वराज आफ्नो तीनदिने नेपाल यात्रामा पूर्ववर्ती यूपीए सरकारभन्दा फरक र सकारात्मक सन्देश दिन सफल भएकी छन्। मधेसी नेतासँगको नास्ता बैठकमा र भारतीय राजदूत रन्जित रेले उनको सम्मानमा दिएको दिवाभोजमा शनिबार अलगअलग ढंगले स्वराजले त्यस्तो सन्देश दिएकी हुन्।
मधेसी नेताहरूले नेपालमा आफूलाई दोस्रो दर्जाका नागरिकका रूपमा व्यवहार गरेकाले समानता र बढी हकका लागि भारतले हस्तक्षेप गर्नुपर्ने सुझाव दिएपछि त्यसप्रति असहमति जनाउँदै उनले भारतले त्यस्तो गर्न नसक्ने सन्देश दिइन्। उनले पहिलो दर्जाको नागरिक बन्ने आधारबारे मधेसी नेताहरूसँग प्रश्न पनि गरेकी थिइन्।

‘मधेसबाट राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री र परराष्ट्रमन्त्रीसमेत बनेका छन्, कसरी दोस्रो दर्जा भयो र?’ गृह, परराष्ट्र र महत्त्वपूर्ण मन्त्रालय समालिसकेका मधेसी नेतासँग उनले भनिन्, ‘तपाईंहरूको माग उचित छ भने किन अलग अलग पार्टी बनाउनुभयो, किन एक हुन सक्नुभएन ?
राजदूत रेले आयोजना गरेको दिवाभोजमा कांग्रेस, एमाओवादी र अन्य वरिष्ठ नेतासँग विगत–आठ वर्षदेखि भारतले अछूतसरह व्यवहार गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पाहुनाको सूचीमा सामेल गराइएको थियो। ११ जना नेता सहभागी दिवाभोजमा संविधानसभा निर्वाचनमा चौथो पार्टीको हैसियत बनाएको राप्रपा नेपालका अध्यक्ष थापाको सहभागिता देखिनुलाई पनि भारतले नेपालप्रतिको पुरानो दृष्टिमा परिवर्तनको सन्देश दिन खोजेको संकेत मिलेको छ।

स्रोतका अनुसार अर्थमन्त्री रामशरण महतले दिवाभोजमा भएको छलफलका क्रममा राप्रपा नेपालका सम्बन्धमा टिप्पणी गरेका थिए। हिन्दुत्वको नारा लगाएर राप्रपा नेपालले चुनावमा उपलब्धि हासिल गरेको बताएपछि थापाले भारतीय विदेशमन्त्री स्वराजलाई धर्मनिरपेक्षताका कारण नेपालको राष्ट्रिय पहिचान खतरामा परेको जवाफ दिए।
हिन्दु राज बनाउनुपर्ने माग गर्दै बक्ताहरुले बोलेपछि स्वराजले उनलाई बोलबोल्दै रोकेर प्रतिक्रिया जनाएकी थिईन । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।