नग्न फुटबलमा सुन्दरी निर्णायक

नग्न फुटबलमा सुन्दरी निर्णायक
रियो द जेनेरियो– ब्राजिल फुटबल संस्कृति सयौं वर्ष पुरानो छ। आधुनिक फुटबलमा नसोचिएका नियमहरु सहितका फुटबल लिग यहाँ अझै विद्यमान छन्। तपाइँले फुटबल लिगको बारेमा कहिलै यसरी सोच्नु भएको छ ? जहाँ एक सुन्दरी स्ट्राइकरभन्दा बढी निर्णायक हुन्छिन्। लिगबाट बाहिरिएको टिमलाई समेत उनले विजयको उपाधि फर्काउन सक्छिन्।
यो कुनै सिनेमको कथा हैन ब्राजिलको अमेजन राज्यमा नग्न फुटबल नामको फुटबल लिगको खेलको नियम हो।

ब्राजिली भाषामा यसलाई पेडालाओ भनिने यो फुटबल लिगमा एक हजारभन्दा बढीले भाग लिन्छन्। लिग करिब पाँच महिनासम्म चल्छ। पेडालाओको विशेषताअनुसार हरेक टोलीले आफ्नो साथमा सुन्दरी राख्नुपर्छ। सुन्दरीहरु म्याचका दौरान हुने सुन्दरी प्रतियोगितामा सामेल हुन्छन्।

कुनै फुटबल टोली हारे पनि सो टोलीकी मोडलले सुन्दरी प्रतियोगिताको फाइनल राउन्ड जितिन् भने उनले टोलीको पराजय फर्काउन सक्छिन्।
- See more at: http://www.nagariknews.com

,

news and entertainment