डन रमेश बाहुनलाइ जेल चलान

काठमाडौं,साउन१९–गुन्डागर्दीका नाइके रमेश बाहुन भनिने सुजन पौडेललाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ । आगुऔषध मुद्दामा उनलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
अदालतको आदेशपछि बाहुन सुन्धारास्थित भद्र कारागारमा चलान भएका छन् । १५ वर्ष कैद सजाय माग गर्दै प्रहरीले गत बिहीबार उनीविरुद्ध लागुऔषध मुद्दा दायर गरेको थियो ।
गत १० असारमा २८ दशमलव ४ ग्राम खैरो हिरोइनसहित पौडेल पक्राउ परेका थिए ।लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६(२) अनुसार उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । प्रारम्भिक अनुसन्धानका प्रमाणका आधारमा बाहुन दोसी देखिएपछि उनलाई जेल चलान गर्न आदेश भएको हो । आजको नयापत्रिका दैनिकमा खबर छ ।

, ,

news and entertainment