नेताहरूको नजर मा मोदी को भाषण के भन्छन गगन थापा ?
उहाँको सम्बोधनमा उल्लेख भएका विषयहरू असाध्यै सकारात्मक छन् । शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक संविधान निर्माणमा भारतको विशेष चासो देखियो । यसलाई सकारात्मक रूपमा लिएको छु ।
विश्वासको वातावरण बनायो
–महेश आचार्य, वनमन्त्री
नेपालमा जे सम्भावना छन् त्यसलाई मिलेर कसरी नेपाल र भारत दुवै देशको हितमा उपयोग गर्न सकिन्छ भन्ने विषयमा उहाँले कुरा राख्नुभयो । धेरै सम्भावनाबारे खुलेर कुरा राख्नुभएको छ । यसले विश्वासको वातावरण बनाएको छ । यसलाई उपयोग गरेर आगामी दिनमा नेपाल र भारतबीच सहयोगका क्षेत्रको पहिचान गरेर काम गर्न सकिन्छ ।
–महेश आचार्य, वनमन्त्री
आधुनिक नेपाल बनाउने, लगानीको क्षेत्र खोज्ने र दुई देशीय विकासका क्षेत्रहरू पहिचान गर्ने विषयमा भारतीय प्रधानमन्त्रीले कुरा गर्नुभएको छ । नेपाललाई विकासको धेरै राम्रो आधार बन्न सक्छ ।
उहाँको कार्यकालका प्रारम्भिक समयमा सम्झौता तथा सहमतिहरू कार्यान्वयन गर्ने संकेत देखिएको छ । भएका सम्झौता कार्यान्वयनका लागि भारत लागिप–यो भने त्यसले बनाउने विश्वासले अन्य ठूला परियोजना अघि बढाउन सकिन्छ भन्ने लाग्छ ।
उल्लेखनीय कुरा गर्नुभयो
भारतका प्रधानमन्त्रीले राजनीतिक र पारस्परिक समझदारीमा राम्रो बोल्नुभयो । नेपालमा जन्मेका बुद्धले संसारलाई सन्देश दिएको हुनाले नेपालले त्यो उचाइलाई अझै धेरै माथि उठाउन सक्छ । पर्यटनको सम्भावनाबारे कुरा पनि राख्नुभयो । दुई देशको पारस्परिक लाभ र नेपालको हितबारे कुरा राख्नृुभयो । समझदारीबारे पनि जोड दिनुभयो, यो कुरा उल्लेखनीय छ । आर्थिक विकासका कुरामा, पञ्चेश्वरको कुरामा, विद्युत् उत्पादनको कुरामा तुरुन्त निर्माणमा लग्ने कुरा आएको छ । यो सकारात्मक छ ।
उहाँले पनि उज्यालो बनाउने कुरा राख्नुभयो । अब हामीले नेपाललाई तीन वर्षमा उज्यालो बनाउँछौं । त्यसपछि भारतलाई उज्यालो बनाउँछौं ।
उहाँको अभिव्यक्ति रणनीतिक छ
–गगन थापा, कांग्रेस नेता
संविधान निर्माणको कुरालाई जुन स्तरबाट उहाँले भन्नुभयो यो प्राविधिक र डेमोक्रेटिक विषय हो । यो महत्वपूर्ण प्रक्रियाका रूपमा राष्ट्रको अघि अभ्यास भइरहेको छ । संविधानसभाबाट मात्र होइन, यो बाटोबाट विश्वमा पनि यसको सफलतासँगै सन्देश दिनु छ ।
संविधान निर्माणको कुरालाई जुन स्तरबाट उहाँले भन्नुभयो यो प्राविधिक र डेमोक्रेटिक विषय हो । यो महत्वपूर्ण प्रक्रियाका रूपमा राष्ट्रको अघि अभ्यास भइरहेको छ । संविधानसभाबाट मात्र होइन, यो बाटोबाट विश्वमा पनि यसको सफलतासँगै सन्देश दिनु छ ।
आशंकाहरू थिए, त्यसलाई उहाँले हाम्रो देशलाई सार्वभौम राष्ट्र भनेको सुनिरहँदा मनभित्रको आशंका टरेको बुझाइ छ ।
उहाँको भनाइ रणनीतिक छ । त्यसले कुनै न कुनै अर्थ बोकेको छ । हल्का ढंगले आएको छैन ।
उहाँको भनाइ रणनीतिक छ । त्यसले कुनै न कुनै अर्थ बोकेको छ । हल्का ढंगले आएको छैन ।
दुई देशबीचका धेरै सम्झौता तथा समझदारी कार्यान्वयन भएका छै्रनन् । उहाँको भनाइबाट अब नयाँ सुरुआत हुन्छ भन्नेमा विश्वस्त हुने ठाउँ छ । परिणाम खोज्ने प्रधानमन्त्री भएको नाताले धेरै काम हुन सक्छन् ।
