वैदेशिक रोजगारीमा जानेलाई भविश्यमा पेन्सनको व्यवस्था

काठमाडौं । अब वजैदेशिक रोजगारका लागि गएका नेपालीहरुलाई जलविद्युत् तथा लगानी कम्पनीले एउटा अवशर दिने भएको छ । सरकारी स्वामित्वमा रहेको यो कम्पनीले वैदेशिक रोजगारीमा जाने नेपालीबाट मासिक रुपमा रु ३५ सय संकलन गरि रकम संकलन गरि जलविद्युत् आयोजना निर्माण गर्ने तयारी सुरु गरेको छ । नेपाल भित्रने रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउने तथा वैदेशिक रोजगारीमा जानेलाई भविश्यमा पेन्सनको व्यवस्था गर्न यो अवधारणा ल्याइएको कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीको रकमबाट जलविद्युत् परियोजना निर्माणको प्रस्ताव पहिलो पटक कम्पनीले अघि सारेको हो । वैदेशिक रोजगारीमा जाने नेपालीबाट पाँच बर्षसम्म प्रतिव्यक्ति मासिक तीन हजार पाँच सय रुपैयाँ संकलन गर्ने कम्पनीको योजना छ । पाँच वर्षमा यसरी एक जना व्यक्तिले दुई लाख १० हजार रुपैयाँ कम्पनीमा लगानी गर्नेछन् । वैदेशिक रोजगारीमा रहेका ३५ लाख भन्दा बढी नेपालीमध्ये तत्काललाई १८ देखि २० हजारलाई योजनामा समेट्ने कम्पनीको लक्ष्य छ । २० हजार नेपाली आवद्ध भएमा महिनाको सात करोड रुपैयाँ संकलन हुन््ेछ । एक बर्षमा ८४ करोड र पाँच बर्षमा चार अर्ब २० करोड रुपैयाँ कम्पनीले पाउनेछन् । आफुहरुले तीन सय मेगावाटको जलविद्युत् परियोजना सुरु गर्न लागेको र यो रकम त्यसैमा लगाउने कम्पनीको भनाई छ । परियोजनाको निर्माण अवधि पाँच बर्ष रहेको हुँदा त्यो अवधिभर पैसा उठाउन लागिएको हो । त्यसपछि लगानीकर्तालाई उनीहरुले मासिक तिरेको अनुपातमै पेन्सन उपलब्ध गराउने कम्पनीले जनउको छ । परियोजना राज्यलाई हस्तान्तरण गर्ने अवधिसम्ममै मासिक पेन्सन दिने कम्पनकिो भनाई छ । त्यसो भएमा पाँच बर्षसम्म मासिक तीन हजार पाँच सय लगानी गर्नेले करिब ३० बर्षसम्म पेन्सन पाउनेछन् । त्यस बाहेक लगानीकर्तालाई जलविद्युत् आयोजनाको सेयरसमेत दिइनेछ । विदेशमा रहेका नेपालीले कमाएको रेमिट्यान्स अनुत्पादक क्षेत्रमा गएको गुनासो धेरै आएकोले कम्पनीले उत्पादन मुलक क्षेत्रमा लगानीको सम्भाव्यता अध्ययन गरि यस्तो कार्य सुरु गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारका अनुसार निर्माण गर्न लागेको परियोजनाको कुल लागत ५० अर्ब रुपैयाँ हुन््े र त्यसमा ३० प्रतिशत इक्विटी तथा ७० प्रतिशत वित्तीय संस्थाबाट ऋण लिने छन३ । वैदेशिक रोजगारीमा गएका नेपालीको पैसा त्यहि ३० प्रतिशत इक्विटी भित्र समेटेर लगानी गरिनेछ । परियोजनामा कम्पनी सहित सरकार र नेपाल विद्युत प्राधिकरणलाई समेत संलग्न गराउने कम्पनीको योजना छ । यो प्रयास सफल भएमा पुर्वाधारमा लगानीका लागि स्रोत जुटाउन भविश्यमा अझ सजिलो हुन््ेछ । यसले वैदेशिक रोजगारीमा जानेका आश्रितलाई समेत बचतका लागि प्रेरित गर्ने रौनियार बताउँछन् । योजनाबारे सरकारसँग छलफल गरेपछि कम्पनीले विदेशमा कामका लागि गएका नेपालीलाई लगानी गर्न सार्वजनिक आह्वान गर्ने जनाएको छ ।

,

news and entertainment