यसरि सम्पन्न भयो श्रेष्ठको १३ औँ दिनमा श्रद्धाञ्जली सभा

चितवन, ५ भदौ । नेपाली चलचित्रका लोकप्रिय नायक स्वर्गीय श्रीकृष्ण श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिको अवसरमा बिहीबार चलचित्र पत्रकार संघ चितवन शाखाले श्रद्धाञ्जली सभा गरेको छ ।
इन्द्रदेव चलचित्र मन्दिर नारायणगढमा सम्पन्न शोक सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कलाकार ऋद्धिचरण श्रेष्ठले चलचित्र क्षेत्रका उदीयमान तारा श्रेष्ठको निधनले सम्पूर्ण कला क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । उनले नेपाली दर्शकले अपार माया गर्ने श्रेष्ठको असामयिक मृत्युले सबै चलचित्र क्षेत्रमा बज्रपात भएको र दर्शकले एउटा होनाहार कलाकार गुमाउनु परेको स्मरण गरे ।sok maa
चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रवि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि निर्देशक विमल पौडेलले नायक श्रीकृष्णले नेपाली चलचित्र Ôेत्रमा पु¥याएको योगदान प्रशंसा गरेका थिए । श्रेष्ठ मिलनसार, लगनशील र सहयोगी भावना भएका नायक रहेको उनले स्मरण गरे ।
चलचित्र पत्रकार संघ चितवन शाखाका सचिव गोविन्द अर्यालले शोक मन्तव्य राख्दै नेपाली दर्शककको मन मुटुमा बस्न सफल श्रेष्ठको निधनले सम्पूर्ण कलाप्रेमी, चलचित्रकर्मीलाई अत्यन्त मर्माहत बनाएको र कला क्षेत्रमै एउटा नक्षत्र गुमेको बताए ।
श्रद्धाञ्जली सभा कार्यक्रममा कलाकार पुष्प आचार्य, इन्द्रदेव चलचित्र मन्दिरका सञ्चालक मुक्तिलाल पिया, सि–म्याक्स सिनेमाका म्यानेजर गोविन्द रौनियारलगायतको उपस्थिति रहेको थियो ।

नायक श्रेष्ठको गत साउन २४ गते राति भारतको गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । स्वर्गीय श्रेष्ठ र उनकी पत्नी स्वेता खड्काले निर्माण तथा अभिनय रहेको चलचित्र कोहिनुर यतिखेर देशभरका हलमा तेस्रो सातामा सफलताका साथ प्रदर्शन भैरहेको छ ।

www.npnews.net

, , , ,

news and entertainment