नक्कली फेसबुक बनाई 'सेक्स पार्टनर' बनाउन खोज्ने पक्राउ
प्रहरीले नक्कली फेसबुक बनाई सेक्स पार्टनर बनाउन खोज्ने एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले सिन्धुली जलकन्या गा.वि.स.वडा नं.२ घर भई हाल लाजिम्पाट बस्ने बर्ष ३० को रामकुमार स्याङ्गवोलाई पक्राउ गरेको हो ।
सम्भ्रान्त परिवारका महिलाहरुलाई सामाजिक संजाल तथा फेसबुकबाट नक्कली प्रोफाईल बनाई आफ्नै अश्लिल फोटोहरु समेत राखि एसएमएस पठाई रकमको लागि सेक्स पार्टनर बनाउन खोज्ने कार्यमा संलग्न उनी संलग्न रहेको प्रहरीले जनाएको छ। उनलाई बिद्युतिय कारोवार ऐन अन्तर्गत मुद्धा चलाइएको छ । उनको साथबाट प्रहरीले २ वटा मोवाइल बरामद गरेको छ ।
