२७ गते कस्तो ‘खुसी’ लिएर आउदै छन विजय कुमार

काठमाडौँ, ६ भदौ । चर्चित प्रस्तोतालाई पछार्दै बहु चर्चित टेलिभिजन प्रस्तोताका रुपमा परिचित विजय कुमार पाण्डले भदौ २७ गते ‘खुशी’ लिएर आउने भएका छन ।
Vijay Kumar Panday
लामो समयको चर्चा परिचर्चा पछि विजय कुमारले आम पाठकका लागि ‘खुशी’ ल्याउने भएका हुन् । पुस्तक लेखन अगावै विरलै मात्र पुस्तकको चार्चा हुन्छ तर विजय कुमारको पुस्तक आउने चर्चा केही वर्षयता भए पनि कस्तो पुस्तक आउँदै छ भन्ने खुल्दुली सबैमा थियो ।Vij
यो खुल्दुलीलाई मेटाउने काम प्रकाशकले गरेका छन् । एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै प्रकाशकले लेखका छन् ‘चर्चित टेलिभिजन कार्यक्रम ‘दिशानिर्देश’ का प्रस्तोता र स्तम्भकार विजय कुमारको पहिलो पुस्तक ‘खुसी’ भदौ २७ (सेप्टेम्बर १२) मा सार्वजनिक हुँदैछ ।’
नेपालको परिवशमा पुस्तक लेखकले पुस्तक लेखेपछि प्रकाशनका लागि समेत आफै रकम जोहो गरेर प्रकाशकलाई पाण्डुलिपी बुझाउने संस्कारमा विजयकुमार छुट्टै शैलीमा पुस्तक लेखक बनेका छन् । पुस्तक प्रकाशन हुनु केही हप्ता अघि नै पुस्तक सार्वजनिक हुने मिति सार्वजनिक गर्दै प्रकाशकले आफूहरुले दुई वर्ष अघि नै लेखकलाई १० लाख रुपैयाँ पेस्की दिएको उल्लेख गरेका छन् ।
प्रेस विज्ञप्तिमा भनिएको छ ‘उनले दुई वर्षअघि यस पुस्तक लेख्नका लागि प्रकाशन संस्था फाइनप्रिन्टबाट १० लाख रुपैयाँ पेस्की पाएका थिए ।’
प्रकाशकले आफूहरुले अग्रिम पेस्की दिएसँगै पुस्तक बहुप्रतीक्षित रहदै आएको समते दाबी गरेका छन् । साथै पुस्तकमा संस्मरण, निबन्ध र व्यक्तिचित्र समेटिएको उल्लेख गरेका छन् । प्रकाशले सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ ‘त्यतिखेरदेखि नै यो पुस्तक बहुप्रतीक्षित रहँदै आमपाठकले आशा गरेभन्दा भिन्न छ यो पुस्तक । स्पष्ट कुनै विधामा राख्न नसकिने यो पुस्तक संस्मरण, निबन्ध र व्यक्तिचित्रको मीठो सम्मिश्रण हो ।’
प्रकाशकले पुस्तकको बजारिकरणको नयाँ शैली अपनाउदै पुस्तकमा सर्वसाधारण देखि विशिष्ट व्यक्तित्व समेत समेटिएकाले यो पुस्तक सबैका लागि भएको दाब गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘यसमा राजा, राष्ट्रपति र प्रधानमन्त्रीहरूमात्र छैनन् साधारण मानिएका असाधारण पात्र पनि छन् ।’
पैसा शक्ति र यौनको दुनिया
साथै प्रकाशले पुस्तक भित्रका अंश अंश कोट्याएर विज्ञप्तिमा पुस्तकको चर्चा गरेका छन् । पुस्तक परिवारमा बसेर बढ्दा सबैका आँसु आउने भएको समेत उल्लेख गरिएको छ । विज्ञप्तिमा थप लेखेका छन् ‘पैसा, शक्ति र यौनको दुनियालाई यसरी केलाइएको छ, यसले पाठकलाई छक्क पार्नेछ । घरघरमा हुने अभिभावक–सन्तान तनाव पृष्ठभूमिमा लेखिएका अंश पढेर धेरैका आँखा रसाउनेछन् ।’
विपरीत लिंगीप्रतिको आकर्षण
पुस्तकमा सबैलाई आकर्षण गर्न सकिने विषयवस्तु समेटिएको बताउदै गर्दै विज्ञप्तिमा लेखिएको छ ‘युवावस्थामा विपरीत लिंगीप्रतिको आकर्षण र त्यसमा लेखकको अनौठोखाले अनुभवले पाठकलाई कुतकुती लाउनेछ । कतै पाठक मुस्कुराउनेछन् । चमकदार गद्य र सूक्तिले भरिपूर्ण यो पुस्तक विजय कुमारको जीवन चिहाउने Press Realiseआँखीझ्याल पनि हो ।’
टेलिभिजनको पर्दामा र पत्रपत्रिकाको स्तम्भमा रमाइरहेका विजय कुमारको पहिलो पुस्तक ‘खुशी’ले पु्स्तक लेखनमा विजय कुमारको आगमन भएको विश्वास समेत प्रकाशकले लिएका छन् । विज्ञप्तिमा लेख्छन् ‘खुसी’ ले नेपाली लेखन क्षेत्रमा विजय कुमारको आगमनको संकेत गर्छ ।’
खुशी आउदै गर्दा लेखक र प्रकाश सँगै पाठक पनि खुशी
पुस्तक बारे लेखक  विजय कुमार भन्छन्, ‘खुसीले मलाई लेखनसँग प्रेम जगाइदिएको छ । अब लेख्दै जानेछु ।’
फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारी भन्छन्, ‘कहिलेकाहीँ कम्पनी आफ्नो उत्पादनका कारण परिवर्तित हुन्छ । मलाई लाग्छ ‘खुसी’को प्रकाशनपछि फाइनप्रिन्ट धेरै हिसाबले अर्को खुड्किलो उक्लिनेछ । यस पुस्तकको विषयवस्तु, भाषा, लेखन शैली, पाठकसम्मको पहुँच, बजार व्यवस्थापन, चुस्त वितरण, मुद्रणको गुणस्तरले नेपाली प्रकाशन उद्योगलाई फरक उचाइमा पुर्याउने छ ।’
लेखक र प्रकाशकलाई पुस्तक प्रकाशन अघि नै खुशी दिएको विजयकुमारको पहिलो पुस्तक ‘खुशी’ले पाठकलाई कति खुशी दिन सक्छ त्यो भने भदौ २७ पछि थाहा हुने छ ।
www.npnews.net

, ,

news and entertainment