४ भदौं, काठमाडौ ।
समानान्तर कमिटी गठनको बिषयलाई लिएर विवाद चर्किरहेका बेला एकीकृत माओवादीका नेता बाबुराम भट्टराई पक्षले काठमाडौंमा छुट्टै कमिटी गठन गरेको छ । सो पक्षले राजधानीको वानेश्वरस्थित अल्फा विटा कम्प्लेक्समा कार्यक्रम गरी महेन्द्र श्रेष्ठको अध्यक्षता कमिटी गठन गरेको हो । पार्टीले हिमाल शर्माको नेतृत्वमा कमिटी सञ्चालन गरेकोमा भट्टराई पक्षले समानान्तर कमिटी गठन गरेपछि माओवादीको विवाद झनै चर्किने देखिएको छ ।
भट्टराई पक्षले अध्यक्ष रहेका हिमाल शर्मालाई आफ्नो पक्षमा उपाध्यक्षसहित कमिटीमा राखेको घोषणा गरेको छ । यद्यपी सो कार्यक्रममा शर्मा भने उपस्थित भने थिएनन् । सञ्चारकर्मीले शर्माको अनुपस्थितिबारे सोध्दा उनीहरुले जानकारी गराएको र कार्यव्यस्तताले नआएको बताएपछि हलमा हांसो गुन्जियो ।
यसैवीच शर्माले कमिटी गठनबारे आफूलाई जानकारी नभएको र भट्टराई पक्षले अलग भेला गरेर कमिटी गरेको भन्दै आपत्ति जनाए । अहिले कमिटी गठन गर्नेहरुले आफूलाई एक महिनाअघि सर्वसम्मत रुपमा अध्यक्ष घोषणा गरेको शर्माको भनाइ छ ।
nepaliheadlines.com
बाबुराम पक्षद्धारा काठमाडौंमा अलग कमिटी गठन, हिमाल शर्माको आपत्ति
news and entertainment
