श्रीको १३औँ पुण्य तिथिमा रेखाले स्थगित गरिन जन्मदिनको कार्यक्रम
आज दुई प्रसंग एकै दिन परेका छन् । यता अभिनेत्री रेखा थापाको जन्मदिन हो भने उता अभिनेता श्रीकृष्ण श्रेष्ठको १३ औँ पुण्य तिथि ।
जन्मदिनको दिन रेखाले यस पटक हिम्मतवाली लक्षित गरेर विभिन्न कार्यक्रम गर्ने योजना बुनेकी थिईन् तर अचानक परेको फिल्म क्षेत्र को ठूलो शोकका कारण उनले सवै कार्यक्रम स्थगित गर्नु पर्यो ।
‘यस्तो बेला केक काट्ने मुड छैन् दर्शकहरुको माया भए पुग्छ ।’ रेखाले आज परेको जन्मदिनको बिषयमा प्रतिक्रिया दिएकी छिन् ।
तीस उमेर नाघिसकेकी रेखाको वास्तविक उमेर मिडियामा अझै खुल्न सकेको छैन् । ‘सामान्य घरमा पूजा आजा स्वभाविक हो तर जुन कार्यक्रम मैले बनाएको थिए त्यो अब केही दिन पछि अर्के तरिकाले हुने छ ।’ उनले भनेकी छिन् ।
रेखाले श्रीका साथ स्क्रिन साझेदारी गरेका फिल्म धेरै छैनन् तर उनी भन्छिन् ‘श्री दाईसंग ‘को आफ्नो को विरानो’ फिल्म खेल्दा उहाँले देखाएको माया कहिलै बिर्सने छैन् । ‘को आफ्नो को विरानो’ पश्चात रेखाले ‘अजम्बरी नाता’, ‘हामी तीन भाई’ र ‘हाम्रो माया जुनीजुनीलाई’ मा पनि श्रीका साथ काम गरेकी गरेकी थिईन् ।
