इनारमा भैंसी खस्यो बचाउन जादा महिला घाइते !!

भेडियाही ६ स्थित इनारमा बुधबार भैंसी खसेको छ । भैसीलाई बचाउन खोज्दा एक महिला घाइते भएको समाचार छ ।bhaisi ladyo

स्थानीय सुखल साह सोनारको भैसी २० फिट गहिरो इनारमा खसेपछि बचाउनका लागि ल्याइएको एक्स्काभेटरले इनार खन्ने क्रममा नजिकैको हाइटेन्सनका् तार चुँडिएपछि महिला घाइते भएकी हुन् ।

बिहान ४ बजे गोठबाट फुस्किएर भागेको भैसी इनारमा खसेपछि बचाउनका लागि एक्स्काभेटर ल्याइएको थियो । एक्साभेटरले खन्ने क्रममा विद्युतको तार चुँडिएपछि ४५ वर्षीया रुपसागर देवीलाई करेन्ट लागेको थियो ।

रुपसागरको जिल्ला असप्तालमा उपचार भइरहेको स्थानीय नवीन साहले बताएका छन् । बीस फिट इनार भत्काएर भैसीलाई जीवितै निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको खबर आजको आजको नागरिक दैनिकमा छापिएको छ ।

, , ,

news and entertainment